• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

भाजपाकी सांसद कङ्गनाको अर्को बयान पनि विवादमा

1.8K
SHARES



काठमाडाैं। भारतीय जनता पार्टी (भाजपा) की लोकसभा सांसद कंगना रनौतको अर्को बयान पनि विवादित बनेको छ । अभिनेत्री समेत रहेकी उनको बयानलाई लिएर कांग्रेसले भाजपालाई निशानाइ रहेकाे छ । कंगनाले हालै आफ्नो एक अन्तरवार्तामा मानिसहरू जातको बारेमा धेरै सोच्दैनन् भन्दै जातिको जनगणना गर्नु हुँदैन भनेकी थिइन् ।

‘हिमाचल प्रदेशको मन्डीबाट लोकसभा सांसद उच्च जातिबाट आएकी हुन्, पिछडिएका समुदायका मानिसहरूले भोग्ने अवस्थाबारे उनलाई कुनै जानकारी छैन’ कांग्रेस पार्टीकी प्रवक्ता सुप्रिया श्रीनेतले भनेकी छिन् ।

‘आज फेरि बीजेपी सांसद कंगनाले भनिन् कि जातीय जनगणना बिल्कुलै गर्नु हुँदैन’ श्रीनेतले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेकी छन् । उनले जनगणना गर्नै किन पर्‍यो ? जातिको पहिचान किन खोज्नुपर्‍यो ? मेरो वरिपरि जातजाति जस्ता केही पनि छैनन् भन्ने टिप्पणी पोस्टमा गरिएको छ । उनी लोकसभामा हिमाचल प्रदेशको मन्डीबाट प्रतिनिधित्व गर्छिन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ