काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् ।बुधबार संसद्मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
उनले संसारभर चल्ने युद्धहरू कि जीत कि हारमा परिणत हुने बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको दाबी गरेका छन् ।
उनले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिमा मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो र संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’
प्रतिक्रिया