काठमाण्डौ। आज सुनको भाउ घटेको छ । नेपाल सुन चाँदि व्यवसायी महासंका अनुसार बुधबार सुनकाे भाउ तोलामा तीन सय रुपैयाँले घटेको हो ।
एकै दिन हिजो तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ पुगेको चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ ।
चाँदीको भाउ आज तोलाको एक हजार सात सय ३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया