काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । मन्त्री पौडेलले आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् ।
उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने सकिने उनले बताएका छन् ।
मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए । पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।
प्रतिक्रिया