• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेसपाले तोक्यो २५ विभाग प्रमुख, प्रचारमा मानुषी

    1.2K
    SHARES



    काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ विभाग प्रमुख तोकेको छ।

    साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू गठन/पुनर्गठन गरेको हो।

    संगठन विभाग प्रमुखको जिम्मेवारी सोनामसिं स्याङ्तान, प्रशिक्षण विभाग प्रमुख महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग दुर्गा सोब, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हिसिला यमी, उत्पादन तथा स्वरोजगार विभाग प्रमुखको भक्तबहादुर शाहलाई दिइएको छ।

    साथै प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख मानुषी यमी भट्टराई, केन्द्रीय कार्यालय व्यवस्थापन विभाथ प्रमुखमा रोशन पोखरेल र व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग प्रमुखको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिइएको नेसपाले जनाएको छ।

    केन्द्रीय विज्ञ परिषदमा ललितपुरका पी श्रेष्ठ, काठमाडौंका कपिल काफ्ले, गोरखाका शारदाप्रसाद धिताल, हङकङमा रहेका श्याम ईधामको नाम थप गरिएको पार्टीले जनाएको छ।

    निर्वाचन आयोग प्रमुखमा रामकुमार पुरी, अनुशासन आयोग प्रमुखमा रामबहादुर बोहोरालगायत मनोनीत गरिएको प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञपतिमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ