• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पार्टी सिद्धिने कारण नै गुटबन्दी हाे, एमालेमा यो स्वीकार्य छैन : प्रधानमन्त्री ओली

    713
    SHARES



    काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी अस्वीकार्य रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । नवमनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै अध्यक्ष ओलीले पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको बताए ।

    ‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो’ प्रधानमन्त्री ओलीले भने,’हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न ।’ उनले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए ।’आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि निदिने’ प्रधानमन्त्रील ओलीले भने । उनले पार्टीमा अस्वस्थ्य तरिका नअपाउन आग्रह गर्दै केन्द्रीय सदस्यहरूलाई पार्टीको मैदानमा प्रवेश गर्दा खेलाडी जस्तो भएर प्रवेश गर्न भने ।

    उनले विनम्रता, शालिनता र कम्युनिस्ट आचार भित्र बस्न पनि केन्द्रीय सदस्यहरूलाई सचेत गराए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया