• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओलीले सामान्य भेटघाट भन्दै ढाँटछल गर्नुभो : प्रचण्ड

    836
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटछल गरेको ‘ब्रिफिङ’ गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले-कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेर नयां सरकार गठनतिर लागेकाे बताएका छन् ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्रीले जानकारी गराएको बताएका छन् ।

    ‘असार १७ गते प्रचण्ड र ओलीबिच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौँ भन्नुभयो । मैले केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँट छल भयो ।’

    पाण्डेले पूर्वतयारी अनुसार नै प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भन्दै आफ्ना सांसदहरूलाई ह्विप जारी गर्ने र पक्षमा मत दिन निर्देशन दिने तथा अन्य दल र स्वतन्त्र सांसदलाई मत दिन आव्हान गर्ने बैठकले निर्णय गरेको पनि जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया