• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज देशका यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने

    2.2K
    SHARES



    काठमाडौँ । पछिल्ला केही दिनमा देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

    साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङ लगायत क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    आज पहाडी र हिमाली क्षेत्रबाहेक अन्य भागमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसमाथि रहने देखिएको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

    वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा ३७ डिग्री सेल्सियसदेखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाई छ । राजधानी काठमाडौँमा पनि आज अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ