• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जनमत पार्टीले गर्याे केन्द्रीय सचिवसहित ७ नेतालाई कारबाही

    0.9K
    SHARES



    काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना ७ जना नेतालाई ३ महिना निलम्बन गरेकाे छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

    निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप)साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुने भनिएकाे छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया