• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

हरर युनिभर्समा रश्मिका मन्दानाको इन्ट्री

2.3K
SHARES



काठमाडाैं। पछिल्लाे समय भारतमा हरर फिल्म अर्थात हरर युनिभर्सको आकार पनि बढ्दैछ गएकाे पाइएकाे छ । श्रद्धा कपुरको स्त्रीबाट शुरु भएको यो सूचीमा हरर कमेडी मुंज्या पनि थपिएको छ ।

फिल्म मेकर दिनेश विजनले आयुष्मान खुराना र रश्मिका मन्दानाको साथमा हरर फिल्म बनाउँदैछन् । यो फिल्मको नाम भ्याम्पायर्स अफ विजय नगर हुने बताइएको छ ।

एनिमलको सफलता पछि रश्मिकालाई एकपछि अर्को गर्दै फिल्मको अफर आइरहेको छ । उनले केही ठूला प्रोजेक्ट पनि साइन गरेकी छिन् । पिंकविलामा छापिएको एक खबरका अनुसार भ्याम्पायर्स अफ विजय नगरमा आयुष्मानको अपोजिटमा रश्मिकालाई काष्ट गरिएको छ ।

लामो समयदेखि दिनेश र आयुष्मानले यो फिल्ममाथि छलफल गरिरहेका थिए । अब उनीहरू फिल्मको छायाङ्कनका लागि तयार भएको बताइएको छ । रश्मिका र आयुष्मान ठूलो पर्दामा एकै साथ काम गर्न लागेको यो पहिलो पटक हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ