• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

सोनाक्षी सिन्हाले गरिन् प्रेमी जहीर इकबालसँग विवाह

2.2K
SHARES



काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन् । साेनाक्षीले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन् ।

उनीहरुले हिन्दू र मुस्लिम दुवै परम्पराअनुसार नगरी विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरेका छन् । साेनाक्षी र जहीर इकबाल सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

विवाह दर्तापछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै सोनाक्षी र जहीरले लेखेका छन्, ‘आजभन्दा सात वर्ष पहिले हामीले एकअर्काको आँखामा देखेका थियौं ।

प्रेम एक सुन्दर चीज हो । हामी दुईले त्यही दिन तय गरिसकेका थियौं कि हामी साथसाथ रहनेछौं । हाम्रो प्रेमले धेरै अप्ठ्याराहरु पार गरेको छ । हाम्रो दुवै परिवार र भगवानको आशीर्वादले हामी यहाँसम्म आइपुग्यौं । हामी श्रीमान्-श्रीमती बन्यौं, सोनाक्षी र जहीर-२३.०६.२०२४ ।’

विवाहपछि आइतबार राति सोनाक्षी र इकबालले रिसेप्सन पार्टी आयोजना गरे । मुम्बईस्थित शिल्पा शेट्टीको रेस्टुरेन्टमा आयोजित रिसेप्सनमा सलमान खान, रेखा, अदिती राव हैदरी, काजोल, विद्या बालन, यो यो हनी सिंह लगायत थुप्रै बलिउड सेलिब्रेटी उपस्थित थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ