काठमाडौँ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्वीप उलंघन र दलको विधानविपरीत गरेका २४ घण्टे स्पष्टीकरण सोधिएको बताएकी छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए ।
तर उनले कांग्रेस दलका नेता पाण्डेलाई विश्वासको मत दिँदा माओवादीको ह्वीप भने पालना गरेका थिएनन् । ह्वीप उलंघन गर्दै ‘फ्लोर क्रस’ गरेका देवकोटा तत्कालै गण्डकीको ऊर्जा तथा जलश्रोत मन्त्री भइसकेका छन् ।
प्रतिक्रिया