• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

एसियाभर खपी नसक्नु गर्मी, पाकिस्तानको तापक्रम ५२ डिग्री सेल्सियसमाथि

6.1K
SHARES



काठमाडौँ। पाकिस्तानमा तापक्रम बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । सिन्ध प्रान्तमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि पुगेको हो ।

सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको मौसम विभागका एक वरिष्ठ अधिकारीले बताएका थिए ।

जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमानी स्तरमा उक्लिएको थियो ।

यो एसियामा रेकर्ड भएको अहिलेसम्मकै दोस्रो उच्च तापक्रम थियो भने विश्वको चौथो उच्च तापक्रम थियो ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ