• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मनोरञ्जन

    बेलायती होष्टले प्रियाङ्कालाई चियाङ्का भनेपछि…

    2.7K
    SHARES



    काठमाडौँ। भारतकी देशी गर्ल प्रियंका चोपडा हालै लक्जरी ज्वेलरी ब्रान्ड बुल्गारीको १४०औँ वार्षिकोत्सव समारोहमा देखिएकी थिइन् । उक्त्त कार्यक्रममा प्रियंकाले बुल्गारीको ज्वेलरी लगाएकी थिइन् ।

    उनको लुक सामाजिक सञ्जालमा भाइरल भएको छ । तर यसैबिच भाइरल भएको अर्को भिडियो देखेर भने उनका फ्यानहरू रिसाएका छन् ।

    यो भिडियो मार्चतिरको हो । यसमा बेलायती टिभी होष्टले आफ्नो कार्यक्रममा प्रियंकाको नाम गलत उच्चारण गरेको सुनिन्छ । ती होष्टको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    बेलायती टिभी होष्ट एन्डी पीटर्सले मार्चमा ‘गूड मर्निङ ब्रिटेन’ कार्यक्रमका लागि लन्डनको मैडद तुसाद म्युजियममा गएका थिए । कार्यक्रममा एन्डी म्युजियममा राखिएको सेलिब्रेटीहरूको मैनको मूर्तिसँग कुराकानी गरिरहेका हुन्छन् ।

    यसैबिच उनी प्रियंकाको मूर्ति नजिक पुग्छन् । उनले प्रियंका चोपडालाई ‘चियांका चाप फ्रि’ भनेको सुनिन्छ । कयौं पटक प्रयास गर्दा पनि उनले प्रियंकाको सही नाम उच्चारण गर्न सक्दैनन् ।

    प्रियंकाका फ्यानहरू यो भिडियो हेरेर भड्किरहेका छन् । एन्डीसँग निकै रिसाएका छन् । केहीले त उनले जानी जानी प्रियंकाको नाम गलत उच्चारण गरेको पनि भनिरहेका छन् ।

    प्रियंका छिट्टै हलिउड फिल्म ‘हेड अफ स्टेट’मा देखिँदैछिन् । प्रियंकाबाहेक यो फिल्ममा इदरिस एल्बा, जोन सिना र ज्याक क्विड लगायत हलिउड स्टारहरू पनि देखिनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ