• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

    1.5K
    SHARES



    काठमाडौँ । बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको छ। सोमबार बिहान ८:३० बजेदेखि सभापति शेरबहादुर देउवाको निवासमा बैठक जारी छ। प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

    संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ। सरकारले मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। कांग्रेसले माग पूरा नभए नीति तथा कार्यक्रम ल्याउने बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारे छलफल गरी निर्णय लिन लागेको छ।

    प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार अपराह्न चितवन पुगेर संकटग्रस्त सहकारीबारे अध्ययन गरी प्रतिवेदन दिने गरी समिति बनाउन सकिने बताएका थिए।

    कांग्रेससँग आइतबारको छलफल सकारात्मक रहेको र मंगलबार बिहानसम्म निकास निस्कने प्रधानमन्त्रीको विश्वास थियो। यदि सहमति नभए पनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक अवरोध नगर्ने विश्वासमा प्रधानमन्त्री प्रचण्ड छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ