• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १ सय ९९ रनको लक्ष्य

    0.9K
    SHARES



    काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ ।

    टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।

    यस्तै, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच खेल हुँदैछ । खेल चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

    आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।

    गुजरातले भने आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । त्यसैले मंगलबारको खेलमा यी दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्लो संस्करणको फाइनल खेल पनि यही २ टोलीबिच खेलिएको थियो । फाइनलमा चेन्नई विजयी भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया