• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Banner News

    रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको छ- स्वर्णिम वाग्ले

    1.4K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एंव प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताएका छन् ।

    आज पार्टीले गरेको पत्रकार सम्मेलनको कार्यक्रममा रवि लामिछानेको नाम उच्चारण गर्दा आफूलाई स्वाद आइरहेको बताएका हुन् ।

    सुरुवातमा पार्टीका सांसद एंव युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा सम्बोधन गरेका थिए । श्रेष्ठले आफूपछि वाग्लेलाई बोल्न निम्तो दिएर गएका थिए । श्रेष्ठको निम्तोपछि सम्बोधनका लागि आएका वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दै स्वाद आएको बताएका हुन् ।

    उनले भने, ‘पार्टीका सभापति, मेरा मित्र, नेपाल राष्ट्रको उपप्रधानमन्त्री । भन्दा पनि कस्तो स्वाद आइरहेको छ । आदरणीय रवि लामिछानेज्यू ।’ डा. वाग्लेले रवि लामिछानेको नामको अगाडी उपप्रधानमन्त्री जोड्दा स्वाद आएको बताएका हुन् । लामिछानेको नाम उच्चारण गरिसकेपछि भने वाग्लेले सामान्यरुपमा नै सम्बोधनलाई अघि बढाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया