• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बागमती प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूची

    1.5K
    SHARES



    मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहान ११ः३० बजे बैठक बस्ने तयारी गरिएको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ । सचिवालयका अनुसार बैठकमा विशेष समय र विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा विशेष समयमा सांसदहरूले धारणा राख्ने छन् भने संसद् सचिवालयमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

    सरकार र प्रतिपक्ष बिचको अन्तर्द्वन्द्व कारण प्रदेशसभा बैठक प्रभावित बन्दै आएको छ । विगत ४ महिना देखि बन्द बैठक फागुन १५ गतेका लागि आह्वान गरिएको थियो । बजेट माथिको भागबन्डाको विषयलाई लिएर सरकार र प्रतिपक्ष बिचको विवादका कारण सो बैठकमा समेत विवाद भएको थियो ।

    अधिवेशन आह्वान सम्बन्धी पत्र र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त केही पत्र वाचन सहित दलगत रूपमा सांसदहरूले शुभकामना मन्तव्य राखे पछि बैठक स्थगित भएको थियो । बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरी स्थगित गरिएको थियो ।

    बजेट विनियोजनमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्ष दल सहित विपक्षी दलहरूले पूर्व निर्धारित बजेट सम्बन्धी सहमति कार्यान्वयन माग गरेपछि बैठक स्थगित भएको थियो । सरकार र प्रतिपक्ष बिचको विवाद समाधान गर्ने पटक पटक बसेको सर्वदलीय बैठक समेत व्यर्थ बनिरहँदा त्यसको असर संसदमा देखिएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ