• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

रेखा थापालाई अमेरिकामा पुत्रीलाभ

5.5K
SHARES



काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छन् । शुक्रबार थापाले छोरीलाई जन्म दिएकी हुन् । आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमा बनेको जानकारी गराएकी हुन् ।

छोरी जन्मिएपछि रेखाले पति बलराम शाही ठकुरीसँगै छोरीको तस्बिर सार्वजनिक गरेकी हुन् । उनले तस्विरसहित छोरीको नाम पनि साझा गरेकी छन् । रेखाले छोरीको नाम वैभवी राखेकी छन् ।

उनले आफ्नो स्टाट्समा लेखेकी छन्, ‘हेर आकाशमा कालो बाँदल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी ।’

रेखाले छोरीलाई अमेरिकास्थित कोलोराडो स्प्रीङ्गसमा जन्म दिएकी हुन् । गत वर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी केही समय अघिमात्र अमेरिका प्रस्थान गरेकी थिइन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ