• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गयो

4.5K
SHARES



काठमाडौँ। भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा ७ जनाको ज्यान गएको छ ।

हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै ३ घण्टाको प्रयासपछि आगो निभाइएको खबरमा भनिएको छ ।

आगो निभाइसकेपछि ७ जनाको शव निकालिएको थियो । गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन नसकेको र भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान बचाउन सकेका प्रहरीको भनाइ रहेको छ । आगलागीको कारण अझै खुलेको छैन ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ