काठमाडौँ । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ ।
इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाइरहेका छन् ।
हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १ सय ७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ ।
युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतका अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन ।
तर, अमेरिकाले भने अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।
प्रतिक्रिया