• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    शेयरधितो कर्जामा १२ करोडको सीमा बढ्यो, अब व्यक्तिलाई १५ र संस्थालाई २० करोड

    2.4K
    SHARES



    काठमाडौँ। नेपाल राष्ट्र बैकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ ।

    हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् ।

    यस्तै राष्ट्र बैकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ । असल वर्गमा वर्गीकरण भएको कर्जामा १।३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १।२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

    बैंक तथा वित्तिय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो ।

    यस्तै, मुलुकभित्र आर्थिक मन्दिका कारण सर्वसाधारण, सरकार र उद्योगी लगानी तथा खर्च गर्न डराइरहेको नेपाल उद्योग परिसंघले जनाएको छ ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामनासहित समसामयिक अर्थतन्त्रका विषयमा छलफल गर्न काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यस्तो ताएका हुन् ।

    मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको उनले बताए ।

    विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा लिइएको नीति, कोभिड-१९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया