• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    आउँदो जनवरीदेखि जिमेलको एचटीएमएल संस्करण बन्द हुने

    6K
    SHARES



    काठमाडौं । गुगलले जिमेलमा हुने एचटीएमएल भ्यूलाई सदाका लागि बन्द गर्ने भएको छ । सपोर्ट पेजमा एक सूचना जारी गर्दै गुगलले यसबारे जानकारी दिएको हो ।

    योसँगै आउँदो जनवरी २०२४ देखि प्रयोगकर्ताहरूले जिमेललाई एचटीएमएल भ्यूमा चलाउन पाउने छैनन् । गुगलका अनुसार एचटीएमएल भ्यू चलाइरहेका प्रयोगकर्ताहरूले अब थप आधुनिक र ‘स्यान्डर्ड’ भ्यू देख्न पाउने छन् ।

    जिमेलको आधारभूत लेआउटको रूपमा रहेको एचटीएमएल भ्यू बन्द हुने भएसँगै सामान्य र पुरानो समयको ईमेल अनुभव सदाका लागि बन्द हुने भएको छ । अहिले अधिकांश जिमेल प्रयोगकर्ताहरूले एचटीएमएल भर्सनको साटो स्ट्यान्डर्ड भ्यू नै प्रयोग गर्छन् ।

    यद्यपि चाँडो लोड हुनु, पुराना डिभाइसमा चल्नु, इन्टरनेट स्लाे भएको ठाउँमा चल्नु जस्ता यसको केही फाइदाहरू भने छन् । तर एचटीएमएल भ्यूमा स्ट्यान्डर्ड भ्यूको तुलनामा निकै कम फिचर छन् । सन् २००४ मा जिमेल सार्वजनिक भएसँगै गुगलले एचटीएमएल भ्यू पनि ल्याएको थियाे ।

    गुगलले आफ्नो पुराना उत्पादन तथा सेवा बन्द गर्ने कदमलाई जारी राखेको छ । यसअघि कम्पनीले पिक्सेल पास, गुगल करेन्ट, नेस्ट सेक्योर जस्ता सेवा तथा उत्पादन बन्द गरेकाे थियाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया