• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

द भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दनलाई

4.8K
SHARES



काठमाडौं । द भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुम्न सफल भएका हुन् ।

फिनालेमा सुब्बासहितका ८ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे ।

उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद पाएका छन् । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो भने यसअघि द भ्वाइस किड्स सिजन १ को उपाधि पनि टीम प्रमोदले नै जितेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ