• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    फोटो-फिचर

    नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता घोषणा (फोटो फिचर)

    2.7K
    SHARES



    काठमाडौँ। मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ ।

    काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै पार्टी एकता घोषणा गरिएको हो । २ पार्टीले आज (१ मे) अर्थात् मजदुर दिवसको अवसर पारेर पार्टी एकताको औपचारिक घोषणा गरेका हुन् ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने नयाँ पार्टीको अध्यक्ष किरण रहनेछन् भने प्रवक्ता कञ्चन बन्ने भएका छन् ।

    एकीकृत पार्टीमा हाललाई १५ सदस्यीय कार्यलय सदस्य रहनेछन् भने सचिवालय ८७ जनाको रहनेछ । त्यस्तै कूल २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिती बनाइएको छ । यसमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु समेटिएका छन् । अबको १ वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको छ ।

    २०६९ सालमा प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई नेकपा– माओवादी गठन भएको थियो । वैद्य प्रचण्डबाट अलग भएको तीन वर्षमै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । विप्लव नेतृत्वको पार्टीबाट बास्तोला नेतृत्वको टिम विभाजन भई आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि किरण र कञ्चन एउटै पार्टीमा हुने भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया