काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरको बारेमा आपत्तिजनक अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाइ आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएका हुन ।
उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।यस अघि अभिनेत्री मानन्धरले उनीहरु विरुद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया