काठमाडौँ। बलिउड अभिनेता शाहरूख खान आगामी फिल्म ‘पठान’ लाई लिएर विवादमा फसेका छन् ।
‘पठान’ मा समावेशी गीत ‘बेसरम रंग’ को कारण उनी विवादमा अएका हुन् । यसैबीच उनी विश्वका ५० महान् अभिनेताको सूचीमा सामेल भएका छन् ।
विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ ले संसारका ५० महान् अभिनेताको सूची तयार पारेको हो ।
म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरूख खान मात्र छनोट भएका छन् ।
उनी ३५ नम्बरमा छन् भने पहिलो स्थान हलिउड अभिनेता डेन्जल वासिङटनले ओगटेका छन् ।
प्रतिक्रिया