• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक

3K
SHARES



काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो ।

‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीलाई हट एण्ड सेक्सी लुक्समा देख्न सकिन्छ । गीतको भिडियोमा पुष्प र सन्दीप क्षेत्री समेत फिचर्ड छन् । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

योगेशकाजीको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना तथा योगेशकाजी र सारिका घिमिरेको स्वर छ । रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको फिल्ममा सबीर श्रेष्ठ कार्यकारी निर्माता छन् ।

फिल्मको लेखन श्रेष्ठले नै गरेका हुन् । फिल्ममा इमिली लामा, सरोज खनाल, खड्कबहादुर पुन र दीपिशा केसीको समेत अभिनय छ । साम्राज्ञी र पुष्पले ‘मारुनी’पछि सँगै काम गरेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ