• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

भारतीय अभिनेत्री सबानाले काठमाडौंमा रंगमञ्चको ‘मास्टरक्लास’ दिने

4K
SHARES



काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउदै छिन् ।

मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने जनाएको छ ।

भारतीय सर्वोच्च सम्मानहरु पद्मश्री र पद्मभूषणबाट सम्मानित अभिनेत्रीले नाट्य महोत्सवको दौरान हुने इनोभेटिभ आइडिया अवार्ड वितरण गर्ने भएकी छन् । सन् १९७४ मा श्याम बेनेगल निर्देशित फिल्म ‘अंकुर’बाट आजमीले अभिनय करिअर थालेकी थिइन् ।

नाट्य महोत्सवमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटक मञ्चन हुँदैछन् । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव’ नारासहित महोत्सव हुन लागेको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ