प्यारी बहिनी कलसा , न्यानो माया अनि अविरल सम्झना !
कुशल छु कुशलताको सतकामना !
पत्राचार गर्नाको विशिष्टकारण त के नै थियो र, तिमीले “दाई सपनीमा आईरहनु है” भन्ने शिर्षकको एउटा मार्मिक पत्र सामाजिक सञ्जालमा पोष्ट गरेकी रहिछौ त्यसलाई मैले मिहिन ढङ्गले नियाले । जति जति पत्रको गहिराईमा पुगेँ अघोर पिडा र बेचैन भावमा डुबें तब अपसोच मेरा औँलाहरू कम्युटरको किबोर्डमा लरखराउन थाले । यो वर्ग संघर्षमय जीन्दगीको गुलाबी क्षितिजबाट एकिकृत जनक्रान्तिको आधुनिक कुरुक्षेमा अखिल क्रान्तिकारी केन्द्रिय समितिको आधुनिक बार्वरिककारुपमा कष्टसाध्य बलिदानको अभुतपूर्व इतिहास रचना गर्ने यो मृत्युञ्जयी योद्धाबारे मष्तिस्कमा उठिरहेको आक्रोस, आवेग आकांक्षा र गतिसहितको आधिँलाई तिम्रो पत्रसँगै प्रतिक्रिया स्वरूप लेख्ने प्रयत्न गरिरहेको छु ।
प्यारी बहिनी सर्वप्रथम त म तिमीलाई तिम्रो त्यो पत्रका लागि हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु । म बिनाको यो डेढ वर्षमा तिम्रो बालमनोविज्ञानले देखेका, भोगेका पिडा र बुझेका कुराहरूलाई अक्षरहरूमा ढालेर त्यहाँ तिम्रो पत्रमा सजिव ढंगले वर्णन गरिएको छ । बालापनको त्यो कलिलो मन मष्तिस्कमा उर्लेर आएका आवेग, आकांक्षा, आक्रोस, उत्साह र आशासहितका शब्दहरु तिम्रो पत्रमा जीवन्त भएका छन् । अरुजस्तै म डाक्टर, नर्स, इन्जिनियर, पाइलट बन्छु भनेर सपना देख्ने त्यो उमेरमा तिम्रो दिमागले देशको भविष्य, शहिदहरुका अजम्बरी सपनाहरूका बारेमा सोचविचार गर्ने ती सपनाहरूलाई कसैले तुहाउछन् की भनेर चिन्तन मनन् गर्ने र तीनिहरुलाई खबरदारी गर्ने कुराहरू खेल्न थालेछन् त्यसकारण्काले पनि तिम्रो पत्र सानदार छ र त्यो त्यत्तिकै संवेदनशील पनि छ ।
म तिम्रा कलिला हातहरुले लेखेको पत्र पढ्दा भावुक त भएँ नै, तर त्यो पत्रले मलाई गम्भीर र संवेदनशील पनि बनायो । हेर्दा सामान्य झैँ लाग्ने उक्त पत्रमा कयौं प्रश्नहरू छन् । जुनकुरा तिम्रो पत्रको शिर्षकबाट नै प्रष्ट हुन्छ । तिमीले एक डेढ वर्ष अगाडि तिमीबाट भौतिक रूपमा छुट्टीएको मलाई नै सम्झिएर सो पत्र लेखेकी रहिछौ । पत्रमा तिमीले मलाई नै तोकेर “दाजु सपनिमा आइरहनु है” भनेर भनेकी छौ । हुन त तिमीलाई पनि थहा छ मैले तिम्रो कुरा सुन्न सक्दैन । जुनकुरा आजको दुनियाँमा असम्भव जस्तै छ । तिम्रा ती केहि प्रश्नहरूको जवाफ दिन अझै अनुसन्धान हुनुपर्छ जसका लागि वैज्ञाकिहरू खोजअनुसन्धानमा लागिपरेका छन् । र यो मेरो लागि पनि खोजको विषय हो । हुनसक्छ प्रश्नका उत्तर पत्ता लागुन्जेल हामी नहुन पनि सक्छौँ । आशा गरौँ कि हाम्रै बखतमा पत्ता लाग्ने छन् । यद्यपि मैले पत्रमा केही न केही लेख्दैछु आशा छ तिमीले यो पढेर मनन् गर्ने छौ ।
देह र आत्माका सम्बन्धमा :-
पत्रको सुरूमै तिमीले दाईको आत्माले शान्तिपावस भनेर कामना गरेकी छौ । मैले बुझेको छु तिमीले आफ्नो प्रीय दाजुप्रति असाधारण श्राद्धा देखाएकी छौ । यहाँ मैले जे लेखे पनि तिम्रो मप्रतिको माया र सम्मानप्रति मेरो पुर्ण सम्मान छ, गर्व पनि छ । तर पनि म यहाँ के भन्न खोजीरहेको छु भने आत्मा हुन्छ की हुँदैन होला ? देह भनेको के होला ? हुन त यी प्रश्नहरू आफैमा गम्भीर र हाम्रा लागि ठूलै प्रश्नहरू हुन । जीवनका लागि नै यी प्रश्नले असाधारण महत्व राख्दछन् । जसलाई हामीले बुझ्न अति आवाश्यक छ ।
देहः
देह भन्नाले यो शरीरलाई भन्छौँ हामी । जुन भौतिकरुपमा छ । तर एकथरी मानिसहरूले त्यहाँभित्र आत्मा हुन्छ भन्छन् । जस्तो हामीले बोल्ने, सोच्ने, बुझ्ने जुन प्रक्रिया छ त्यो आत्माकै कारणले सम्भव भएको मान्छन् उनीहरू । तिमीले देखेकी छौ होला आजभोलि फेसबुकमा आम मानिसहरूले मृतकलाई “तिम्रो आत्माले स्वर्गमा शान्ती पावस” भनेर कामना गरेका हुन्छन्, त्यो उनीहरूले मानिसको मृत्यु भइसकेपछि भनेका हुन्छन् । उनिहरूले आफ्नो शत्रुतापूर्ण सम्बन्ध भएका मानिसको मृत्युहुँदा पनि मृतकलाई भन्दछन् तिम्रो आत्माले शान्ती पावस ! तिम्रो स्वर्गमा बास होस भन्छन् कसैले वैकुण्ठ बासहोस होस ! भनेर लेखेका हुन्छन् ।
हामीले सिधा सोच्नुपर्ने हुन्छ कि यस धर्तिमा बाँच्नका लागि तछाडमछाड गर्नेहरू यदि साँच्चिकै मर्नेले स्वर्गमा बास पाउँथ्यो भने सायद यहाँ गरिबहरुको मृत्यु नै हुदैनथ्यो होला । सायद सहिदहरूले त्यसरी ज्यान फाल्नु पर्दैनथ्यो की ! कीनकी स्वर्गको टीकट काउन्टरको ठेक्का नै विल गेट्सले लिन्थे, या विनोद चौधरीले लीन्थे होला । अझ त्यसको शान्ति सुरक्षाको जिम्मा त आफूलाई संसारको दादा ठान्ने अमेरिकाले लैजान्थ्यो होला । यो धर्तिमा सबैलाई मर्नका लागि हतार हुने थियो । यदि त्यसो हुन्थो भने मानिसहरुले मर्नैका लागि आन्दोलन गर्नुपर्ने हुन्थ्यो, पालो कुर्नुपर्ने हुन्थ्यो, पावर लगाउनु पर्ने हुन्थ्यो भने धनि पूजीँपतिहरूले स्वर्गलाई खरिद गरिसक्ने थिए । सहिदको परिभाषा पनि बदलिएर बाँच्नेहरू सहिद हुन्थेहोला ।
बहिनि यस कुराबाट के प्रमाणीत हुन्छ भने संसारमा स्वर्ग र नर्क भन्ने कुराको कुनै पनि अस्तित्व छैन । न त यहाँ स्वर्ग छ न त नर्क नै ! यो त मानिसहरूले बनाएको मनगढन्ते कुरा मात्रै हो । अझ भनु भने आजसम्मका अध्ययन अनुसन्धानहरूले यसको कुनै पनि प्रमाण भेट्टाइसकेका छैनन् । शासकहरूले आत्मा, स्वर्ग र नर्क देखाएरै आजसम्म शासन गरिरहेका छन् । उनीहरूले मरिसकेपछि मानिसको आत्मा स्वर्ग वा नर्क जाने मनगढन्ते कुराको रचना गरेर सत्ता र उनीहरूका विरुद्ध हुने विद्रोहलाई मत्थर पार्ने असफल प्रयास गर्दै आएका छन् ।
शासकहरूले सोजासाझा जनतालाई आत्मा नर्क जाने डर देखाईरहेका हुन्छन् । साच्चिकै स्वर्ग हुने थियो भने सर्वप्रथम त यहि धर्तिमा शासन गर्ने शासकहरू उहिल्यै स्वर्ग गैसकेका हुने थिए, शासन सत्ताका लागि र बाच्नका लागि यसरी तछाँड मछाड गरिरहेका हुने थिएनन् । यसै सन्दर्भमा तिमीलाई एउटा सानो उदाहरण दिँउ – जस्तोकी हाम्रो देशमा नेताहरू विरामि भए, उनीहरुलाई अलिकति दुखाई अथवा पिडा भयो भने पनि विदेशमा गएर महंगा महंगा हस्पीटलको उपचारमा करोडौँ करोड खर्च गरेर यहि धर्तिमा बाँच्न चाहन्छन् । यस धाराका कोहि पनि मानिसहरू मर्न चाहँदैनन् । वास्तवमै भन्ने हो भने कसैको पनि इच्छा मर्ने हुँदैन परन्तु कोही मर्यो भने बाँचेकाहरूले भनिहाल्दछन “आत्माले स्वर्गमा वास गरोस”, त्यतिमात्रै होईन उनीहरूले “स्वर्गमा शान्ति पावस” भनेर कामना गर्दछन् । अब आफैलाई प्रश्न गराैं यदि स्वर्गमा शान्ति हुन्छ भने मानिसहरू मर्न किन डराईरहेका छन् त ? किन उनीहरू यो धर्तीको कष्टप्रद मृत्यु लोकको अशान्तिमा बाँचिरहेका छन् ? किन आफ्नो उपचारमा करोडाैं रकम खर्च गरिरहेका छन् ? के तिमीले यस्ता प्रकारका प्रश्नरू आफैलाई गरेकी छौ ?
तिमिले यी प्रश्नहरू पक्कै पनि आफैलाई गरेको हुनुपर्छ । यदि गरेकी छैनौ भने यस्ता प्रश्नहरू तिमीले आफैलाई गर्नुपर्ने बेला आएको छ । यस्ता प्रश्नहरूले तिमीलाई यस धर्तिमा सामान्य कुराको लागि लुछाचुँडी गर्ने मानिसहरूले मरेका मानिसहरूलाई इन्द्रको स्वर्ग निःशूल्क रूपमा किन प्रदान गरिरहेका छन भन्ने कुरा प्रष्ट हुनेछ । त्यति मात्रै होइन स्वर्ग र नर्क माथि रचिएका पाखण्डीपुर्ण कथाहरूको पनि पर्दाफाँस हुनेछ । मानिसहरूका अगाडि हजारौँ वर्षदेखि लादिएको झुटको खेति पनि फसल विहिन हुनेछ र त्यसको ठाउँमा विज्ञानका नयाँ अंकुराहरू अंकुराउन थाल्नेछन, अनि मानवजगतले पुरानो युगमाथि क्रमभंग गर्दै नयाँ युगको थालनि गर्नेछ र यो नयाँ युगले भौतिकवादी दुनियाँको निर्माणलाई निरन्तरता दिने छ । विचार गर त भौतिकवादी दुनियाँ कस्तो होला ? त्यहाँको मानव जगत कस्तो होला ? त्यो एक साच्चै मानव समाज हुनेछ । जसको विषयमा म तिमीलाई अर्को पत्रमा लेखुँला ।
भगवानका सन्दर्भमा :
बहिनी तिमीलाई थाहा नै छ भगवानलाई कसैले ईश्वर भन्छन, कसैले अल्लाह, भन्छन्, कसैले खुदा भन्छन्, त कसैले प्रमेश्वर भन्दछन् । भगवानका केयौँ नामहरू छन् । जति छन् त्यति त हामीलाई पनि थाहा छैनन् । मुख्य कुरा त भगवान हुन्छन कि हुदैनन् भन्ने प्रश्न हाम्राे लागी निकै गम्भिर र यो जीवनकै केन्द्रिय प्रश्न पनि हो । यो मानव समाजको लागि केन्द्रिय विषय पनि हो । यसका विषयमा आ–आफ्नो समयमा विभिन्न दार्शनिक र विचारकहरूले आ–आफ्ना धारणाहरू दिएका छन् । हुन त यस विषयमा मेरो ज्ञान अपुरो छ । म यो विषयमा सामान्य बालक सरह नै छु । मैले यसका विषयमा बहस गर्दा म कच्चा पनि लाग्न सक्नेछु । परन्तु मैले यो विषयमा आजसम्म बुझेको कुरालाइ यहाँ भन्ने छु । हुन त यसका सन्दर्भमा दार्शनिक विचारक र वैज्ञानिकहरू पनि दुईभागमा विभाजित भएका छन् । यो संसार नै दुईधारामा विभाजित भएको छ । अझ रोचक त के छ भने त्यही भगवानका लागि मानिसहरू एक आपसमा लडिरहेका छन्, काटमार पनि गरिरहेका छन् । भगवानका नाममा युद्धसमेत गरिरहेका छन् ।
अब हामी जाउँ यसको केन्द्रीय विषयबस्तुमा । जसलाई हामीले आफ्नो जीवनको मुख्य विषय–बस्तु पनि भनेका छौँ । यसको मुख्य प्रश्न भनेको नै भगवानको अस्तित्वको प्रश्न हो । जसलाई एकथरीले यो संसारको रचना गरेको झुटो र कपोकल्पित आरोप लगाइरहेका छन । एकाथरी वैज्ञानिक र दार्शनिकहरू भगवानलाई मान्दछन, उनीहरू यो संसारको रचना नै भगवानले गरेका हुन भन्ने कुरामा विश्वास गर्दछन् । यदी हामीले भगवानले नै यो संसारको रचना गरेको मान्यौँ भने मासिहरुको दुःख पनि भगवानले नै बनाएको मान्नु पर्ने हन्छ । त्यसखालका चिन्तकहरूले मानिसको दुःखलाई पनि भगवानले नै निर्धाण गरिदिने कुरामा विश्वास गर्दछन् । मानिसहरू गरीब हुनु, चाँडै मृत्यु हुनु, रोगलाग्नु, भगवानको कृपाले भएको मान्दछन् । तिनीहरूले अहिलेको कोरोनालाई पनि भगवानले नै ल्याएको मान्दछन । यस्तो हुनुमा पुर्वजन्मको फल मान्दछन् । यस्तो विचारधारालाई आध्यात्मवाद पनि भनिन्छ ।
बहिनी यो संसारमा अर्काथरी मानिसहरू पनि मौजुद छन् जसले भगवानप्रति विश्वास गर्दैनन्, यस्ता मानिहरूले भगवानमाथि संसारकै रचना गरेको भनेर लागेको आरोपलाई खारेज गरिदिएका छन, र भगवानलाई लागेको झुटो आरोपबाट मुक्त गरिदिएका छन् । उनीहरू कुनै पनि प्रकारको ईश्वरको अस्तित्वलाई मान्दैनन् । उनीहरू त्यसलाई ठाडै खारेज गर्दछन् । उनीहरूको विचारमा यो ब्रामण्डको निर्माण कुनै भगवानले गरेको होइन । उनीहरू संसारको रचना गर्नका लागी कुनैपनि भगवानको आवाश्यकता मान्दैनन् । यो संसारको निमार्णमा ईश्वरको कुनै दोष नभएको प्रमाणीत गर्दछन् । भगवानलाई मानिसहरूले लगाएको आरोपबाट उन्मुक्ति दिँदै उनीहरुले के प्रमाणित गरेका छन भने यो संसार पर्दाथको असाधारण विकासको उपज हो ।
हामीलाई पनि लाग्छ, तिमीलाई पनि लाग्नसक्छ कि यो संसारको रचना आफै कसरी भयो, मानिस कसरी आफै हुन सम्भव भयो त ? आदि इत्यादि प्रश्नहरूले हाम्रो मथिङ्गललाई पक्कैपनि हल्लाउने छ । तर यो प्रश्नको उत्तरका लागि म एक सामान्य उदाहरण प्रस्तुत गर्न चाहन्छु । हामीलाई थाहा नै छ मानिसको सरिरमा जुम्रा पर्छ । हामीले लामोसमयसम्म सरिरको सरसफई गरेनौं भने हाम्रो शरिरमा जुम्रा परि नै हाल्छ । अब तिमी नै भन जुम्रालाई हाम्रो शरिरमा कसले बनायो ? के अब हामीले कुनै भगवानलाई यस्तो जगन्य अपराधको दोषको भारी बोकाउने कष्ट गर्नसक्छौँ त ? के हामीले आफै बनाएको हौँ त ? यो दुवैकुरा सम्भव हुनसक्दैन । यदि कसैले भगवानले बनाएको हो भन्छ भने त्यो मुर्खता हुनजान्छ । बरु हाम्रो शरिरमा जुम्राका लागि उपयुक्त वाताबरण भएका कारणले जुम्राको उत्पत्ति भएको हुनुपर्छ ।
यसबाट प्रमाणीत हुन्छ की यो संसामा कुनै भगवानको अस्तित्व छैन । यसलाई भौतिकवादी विचारधारा पनि भनिन्छ ।
जीवन र मृत्यु :
आज पनि मानिस आफ्नो विकासको यो विन्दुमा यो जीवन के हो भन्ने कुरामा रनभुल्लमा परिरहेको छ । कहिले मन्दिर धाउँछ त कहिले मस्जिद । नानाथरिका अनुमानहरू अझै लगाउन पछि पदर्नै आजको मानिस । उ अझैपनि विज्ञानले गरेको आविष्कारप्रति विश्वस्त हुनसकेको छैन । संसारका भौतिकवादी दार्शनिकहरूको दृष्किोणसंग उसले अझैँ आफुलाई कन्भिन्स गर्नसकेको छैन । किन गर्नसकेन त भन्दा हाम्रो समाजको विकास हुँदैगर्दा संगसंगै आएको भएको पुरानो परम्परागत चिन्तन, र यो संसारको उत्पत्तिको सम्बन्धमा उनीहरूको अवैज्ञानिक धारणा जो आजसम्म पनि दिमागमा गढेको कारणले हुन सकेको छैन ।
यो जीवनका अनेकौँ परिभाषाहरू छन् । कसैले जीवनलाई अविरल यात्रा, कसैले संघर्ष, त कसैले प्रमेश्वरको सुन्दर रचना भनेका छन् । तर आखिर के होला त यो जीवन भन्ने चीज ? हुन त म जीवनको परिभाषा दिने त्यस्तो कुनै घगडान मानिस भने म होइन तर मेरो बुझाइको आधारमा जीवन भनेको पदार्थ (matter) को आजसम्मकै विकासको उच्चतम रूप हो । जसलाई निमार्ण गर्न कुनै निर्माताको जरुरत परेन र पर्दैन । त्यसको कुनै आवश्यकता छैन पनि । पदार्थको विकास भनौं गतिको परिणाम नै जीवन हो । र यो सदा गतिमा रहन्छ । जीवन गति बाहिर छैन । यदि यस्तो गतिमा नहुँदो हो त जीवनको अस्तित्व नै किन हुँदो हो ? जीवनमा अझ मानिसजस्तो त्यसमा पनि उसको चेत त झनै असाधारण विकासको उपज नै हो ।
मानिसमात्रै होइन मानिस इतरका अरू जीवजनावर पनि हामीले देखेका छौँ । हाम्रो वरपर भएका वोटबिरुवा, जनावर, जो जल र स्थलमा मौजुद छन् । तिमीलाई थाहै होला यो पृथ्वीको चारभाग मध्ये एकभाग मात्रै जमिन छ । बाँकि पानी नै पानीले ढाकेको छ । त्याहाँभित्र पनि जीवन मौजुद रहेको छ । यो स्थलमाभन्दा जलमाम धेरै प्रकारका जीवहरू रहन्छन् । केही जीवहरू यस्ता छन की जो जल र स्थल दुबैमा रहनसक्छन् । भ्यागुतो यसको एक सरल र राम्रो उदाहरण हुनसक्छ । केही जीव आकाशमा उड्छन कोही जमीनमा घस्रीन्छन् । क्रमसः काग र सर्प यसका उदाहरण हुन । यति धरै जीवहरूमा आजसम्मको हाम्रो जानकारीका आधारमा मानिसमात्रै यस्तो प्राणी हो जसको चेतना अन्य जीवजन्तुको भन्दा समृद्ध भएको पाइएकोछ । जसले अरू जीवकोभन्दा समृद्धरूपमा सोच्न सक्छ, बुझ्न सक्छ र बुझेका कुरालाई व्यवहारमा उतार्नसक्छ ।
त्यसबाट ज्ञानको विकास गरेर आफ्ना भावी सन्ततिहरूlलाई हस्तान्तण गर्दछ । त्यसबाट उसले आफ्नो जीवन र जगतलाई बदल्न सक्छ । आजको विज्ञान प्रविधिको यो युग जुन छ यो पनि मानिसको यहि चेतनाका कारण सम्भव भएको हो । हामीले हेर्यौ भने यस्तो कुरा मानिसबाहेक अन्य जमिन र जलमा भएका जीवले गर्न सकेको देखिदैन र तिनीहरूको चेतना पनि मानिसको जति उन्नत र समृद्ध भएको पाँइदैन । आजसम्म उनीहरू एकदमै मानिस पहिले रहेको जङ्गली युगमा जस्तै रहेका छन जस्तो आज जनावरहरू छन । कल्पना गरौँ त मान्छे सर्वप्रथम कस्तो थियो होला ? त्यो जंगली जनावरको सिकार गर्ने, कन्दमुलहरूखाएर बस्नुपर्ने त्यस्तो समयमा थियो । तर जनावरहरू आज् उही अवस्थामा छन । त्यति मात्रै होइन उनीहरू लोप हुने अवस्थामा पुगेका छन । जनावरको न्यून विकसित चेतनाका कारण नै उनीहरू मानिसहरूको सिकार हुन बाध्य छन । उनीहरूलाई मानिसहरूले आफ्नो स्वार्थको लागि प्रयोग गर्ने साधन मात्रै बनाएको छ ।
मृत्यु :-
मैले तिमीलाई अघी नै बताईसकेको छु की जीवन गतिशिल हुन्छ । यो गतिशिलताको परिणाम हो । पदार्थको असाधारण विकास गतिको उपज नै जीवन हो र यो सदा गतिमा हन्छ । यो एकबाट अर्कोमा रुपान्तरण भइराखेको हुन्छ । हामी जन्मिन्छौँ, हुर्कन्छौ, पाको हुन्छौँ र अन्त्यमा हामी मर्छाै । त्यसैले मृत्युलाई हामी रूपान्तरण पनि भन्न सक्छौँ । एकबाट अर्कोमा परिवर्तन । त्यसैले यो गति र शक्तिका सन्दर्भमा के भनिन्छ भने (nergy can not be created nor be destroyed but it can change one form to another form) शक्तिलाई न सिर्जना गर्न सकिन्छ न त नास नै गर्न सकिन्छ तर यसलाई एउटा रूपबाट अर्काेमा रुपान्तरण गर्न सकिन्छ । जस्तो हामीले खाना खादा त्यहाँ भएको शक्ति हामीमा समाहित हुन्छ । जब हामी मर्दछौँ त्यो फेरी अर्काे शक्तिमा रुपान्तरण हुन्छ ।
नानी हामी जति बाच्छौँ त्यो एकदमै छोटो समय हो । यो सिङ्गो विश्व ब्रमाण्ड हेर्दा त हामी बाँच्ने समय भनेको एक पलजस्तो मात्रै हो । एकदमै छोटो अति छोटो । एकछिन तिमी आफैलाई हेर त भन्न खोजेको आफ्नो जीवनकाललाई राम्ररी मुल्यांकन गर त । सोच त तिम्रो उमेर कति भयो होला ? त्यही १५ वर्ष को भयो । कल्पना गर की तिम्रो अस्तित्व त्योभन्दा पहिले थियो कि थिएन त भन्दा तिमी थिएनौ नि । मानिलीँउ तिमी अब सय वर्ष बाँच्यौ भने त्योभन्दा पछाडि पनि तिम्रो भौतिक रूपमा कुनै अस्तित्व बाँकी रहने छैन । मेरो हकमा पनि त्यही हो म अहिले २७ वर्षको भए । आजभन्दा सत्ताईस वर्ष अगाडि यसधरतिमा मेरो कुनै अस्तित्व थिएन । र अहिले मेरो भौतिकरूपमा कुनै अस्तित्व छैन । भन्न खोजेको हाम्रो रुपान्तरण भैराखेको छ । जिवन त रुपान्तरण हुन्छ भने समाज पनि त रुपान्तरण हुनुपर्यो नि, हैन र ?
त्यसैले जसरी जीवनको रुपान्तरण गर्न यो प्रकृति र पदार्थको गतिले भुमिका खेल्छ त्यसैगरी समाजको रुपान्तरण गर्न पनि हामीले भुमिका खेलेका छाैं र खेल्नुपर्दछ । यदि त्यस्तो नहुदो हो त आजको विश्व यहाँसम्म आइपुग्ने थिएन । तर कतिपय मान्छेहरू आफै रुपान्तरण हुन्छ भन्ने गर्छन जुन झुट कुरा हो । कसरी झुट हो त भन्दा यदि रुपान्तरण हुन्थ्यो भने जनावरहरुको जीवन किन रुपान्तरण भएन त ? किन आज पनि जल र जंगलमा उनीहरु बाँच्न तछाडमछाड गरिरहेकाछन त भन्दा उनीहरूले विवेकले काम गरिहेका छैनन् । उनीहरूको चेतनाको विकास हुनसकेन । उनीहरुको संर्घषले त्यो चेतनाको विकास गर्नसकेनन् । त्यसको परिणाम उनीहरू आज मान्छेको अगाडी कतिपय त लोप भए भने कतिपय लोप हुने अवस्थामा पुगेका छन् । त्यो संघर्षको चेतनाको विकास नभएरै त्यस्तो अवस्थामा पुगेका हुन । तर कुनैवेला त्यस्तो चेतनाको विकास जनावरमा भयो भने उनीहरूले पनि बोल्न सक्नेछन् । यो पक्कै पनि सम्भव हुनसक्छ ।
बलिदान:
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मूलुक दुईचार सपुत मरेर नगए –कवि भुपि सेरचन
बलिदान सामान्य कुरा होइन र सामान्य मृत्यु पनि होइन । हुनत यो शब्द सस्तो हुन गएको पनि छ तर त्यसो भने पक्कै पनि होइन । जब मानिसको उत्पति भयो उसले त्यतिबेलादेखि नै प्रकृतिसंँगको संघर्षमा पनि आफ्नो बलिदान दिदैँ आएको छ । यो संसारको यति उचाइमा विकास र समृद्ध हुनुमा पनि मान्छेको असाधारण योगदान रहेको छ जसलाई यो धर्तिका अरु जनावरहरूले परिकल्पना पनि गर्नै सक्दैनन् र गर्ने कुरा पनि आउदैन ।
मानव र समाजमा जब निजी सम्पत्ति र राज्यको उत्पत्ति भयो तब मान्छे-मान्छेबीचमा वर्गको पनि उत्पत्ति भयो । जब मानिसबीचमा यो प्रकृतिको भोगचलन मै पनि एक वर्ग हावी हुने र अर्काे वर्ग त्यसैको अधिकारबाट बञ्चित हुन थाल्यो । बञ्चित भएको वर्गलाई राज्य भएको वर्गले आफ्नो दास बनाएर कजाउन थाल्यो । जसरी आजभोलि हामीले जनावरलाई आफ्नो सेवामा लगाएका छौँ जस्तो कुकुर, घोडाहरूलाई बेचविखन गर्ने पनि गछौँ त्यस्तै उतिबेला दास समाजमा मानिसलाई पनि किनवेच गरिन्थ्यो ।
सायद तिमीले सुनेको पनि हुनुपर्छ, अम्ब्राहम लिंकनले अमेरिकामा दास व्यवस्थालाई उन्मूलन गरेका थिए । अमेरीकाका सोह्रौँँ राष्ट्रपतिका रूपमा निर्वाचित भएका लिङ्कनले सन् १८६५ मा दासप्रथाको अन्त्य गरे । अहिले भन्दा १५५ वर्ष अघि अमेरिकामा दास प्रथाको अन्त्य भएको रहेछ । हाम्रो आयु अति छोटो भएको हुनाले मात्रै हामीलाई १५५ वर्ष भनेको लामो समय जस्तो लागेको हो तर संसारको अगाडी यो समय केही पनि होइन । भोली जब तिमीले रसयिन कम्युनिष्ट पार्टीको इतिहास पढ्नेछौ त्यहाँपनि कृषक दासदासी राख्ने चलन सन् १८६१ म मात्रै उन्मुलन भएको थाहा पाउनेछौ ।
हाम्रै देशको इतिहास पढ्यौँ भने पनि नेपालमा दासदासि राख्ने कुप्रथा रहेको थियो । जङ्गबहादुरले वि.सं.१९१० को मुलुकी ऐन मार्फत १६ वर्ष मुनिका लाई दास दासी राख्न नपाउने, बिक्री गर्न नपाउने बनाएका थिए भने वि.सं. १९८२ बैशाख १ गते चन्द्रशमशेरले दासप्रथाको कानुनीरूपमा उन्मूलन गरेका थिए । देश नेपालमा आज पनि हामीले हेर्यौं भने हाम्रै समाजमा कमैया, हलिया प्रथा त्यसैका ज्वलन्त उदाहरणको रूपमा रहेका छन (हुन त हलिन हलिया प्रथा र कमैया प्रथाको पनि कानुनी रुपमा उन्मुलन भैसकेको छ तरपनि भित्र भित्रै यसका अवशेषहरु बाँकी नै रहेका छन । ) ।
उसो भए के ति व्यवस्था आफै हटेका थिए त ? कसले हटायो ? के दया गरेर ती मानिसहरुले हटाए जसले दास दासी राखेका थिए ? त्यसो पक्कै पनि होइन कसैको अनुकम्पा भनौँ दया र धर्मको कारणले हटेका थिएनन् । बरु कुप्रथाका विरुद्धमा मानिसहरूले, तत्कानिन युवाहरूले वलिदान गरेका थिए । जसको विषयमा म पछि अर्को पत्रमा चर्चा गर्ने छु ।
म धेरै टाढा जाँदिन हाम्रै देशमा हेरौँ के यहाँको हलिया प्रथा त्यत्तिकै उन्मूलन भएको थियो ? के कमैया प्रथा समान्य रुपमा अन्त्य भएको थियो ? पक्कै पनि थिएन र होइन । त्यसका लागि नेपालमा धेरै आन्दोलन भए । दश वर्षको महान जनयुद्ध भयो जसले नेपालमा करिब ढाईसय (२३८) बर्ष बाट निरन्तररूपमा शासन गरिरहेको सामन्ती व्यवस्थालाई बढारेर फालिदियो । नेपालको धर्तिमा दश वर्षसम्म सञ्चालन भएको जनयुद्धमा दशौँ हजारले बलिदानी गरे हजारौँ वेपत्ता भए, कयौँ अंगभंग भए त्यसैको परिणामस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । जसले जेसुकै भनेपनि सत्य त त्यो हो की यदि नेपालमा त्यत्रो जनयुद्ध हुदैनथ्यो भने नेपालबाट यति छिट्ट्रै र यति सजिलै सामन्तवाद र त्यसको नाइके राजतन्त्र हट्ने थिएन ।
यो संसारमा मानवको उत्पत्ति भएदेखि नै मान्छेले समाजको निम्ति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बलिदान गर्दै आएको छ । समाजलाई समृद्ध बनाउनका लागि उसले आफ्नो आहुति दिँदै आएको छ । हुनत आफ्नै आहुति लिने कुरा कुनै रहरको विषय होइन । यो त एक बाध्यता हो । त्यसैले बलिदान गर्नेहरू भौतिक रूपमा नरहेपनि उनीहरू कामदार वर्ग, शोषित उत्पिडित, प्रगतिशिल र अग्रगामी वर्गको मन, मस्तिष्कमा सदा बाँचिरहेका छन् ।
कमरेड प्रज्वल :
“ नेपाली विद्यार्थीहरुको प्रीय विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनकै अग्रदस्ताकोरूपमा रहेको हाम्रो संगठन अखिल (क्रान्तिकारी) केन्द्रिय समितिका सदस्य तथा -(CTEVT) का तत्कालीन अध्यक्षको रूपमा हुनुहुन्थ्यो कमरेड ‘विकाश’ । कमरेड प्रज्वलले नेपाली समाजवादी आन्दोलनको इतिहास र विद्यार्थी आन्दोलनको इतिसमै नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रपछि वैज्ञानिक समाजवाद र शिक्षामा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली को यो महान र गौरवमय आन्दोलनको प्रथम सहिदको सम्मान हामी सवैबाट छिनेर लग्नुभएको छ । हामी विद्यार्थीमध्येबाट अब यो आन्दोलनमा एकीकृत जनक्रान्तिमा प्रथम हुनेछैनौँ । यदि हामी सहिद भयौँ भने हाम्रो स्थान दोस्रो हुनेछ । हुनत बलिदामा दोस्रो भन्ने हुदैन । बलिदान भनेको बलिदान नै हो । बलिदान सबैको र सदा प्रथम नै हुन्छ यो कहिल्यैँ द्धितिय र तृतिय हुदैन । बलिदनलाई हामीले वर्गिकरण गर्नु हुदैँन र वैज्ञानिक पनि होइन । तर याहाँ समयक्रमको निर्धारणमा पहिलो ÷प्रथम भनिएको हो ।” भनेर हाम्रो संगठनका कमरेडहरूले मलाई यो गौरव पनि दिनुभएको छ । यो सम्मान पनि दिनुभएको छ यसका लागि म जीवनमा सवैभन्दा आभारी छु । मलाई यो अवसर प्राप्त भयो । हुन त उहाँहरूले भनेजसरी मैले खोसेको कदापि होइन तर इतिहासले यो जिम्मेवारी मलाई दियो । जो एउटा सच्चा योद्धाको जीवनको सबैभन्दा अमूल्यवान चिज हो । यो एक क्रान्तिकारीका लागि गहना पनि हो । यसका लागि म त्यतिखेरको वर्तमान समय र त्यो परिस्थितिलाई सलाम गर्न चाहन्छु ।
रह्यो अर्काे कुरा, केही मानिसहरू यो धर्तिको भौतिक सुखसुविधालाई देखाएर भन्छन मरेर के पाइन्छ ? धेरै मानिसहरूले भनिरहेकाछन मरेर के हुन्छ ? उनीहरू भन्छन जनयुद्धका सहिदहरूले के पाए ? प्रचण्डहरू नेता भए जनार्दनहरूनेता भए ? यस्ता अनेकौँ प्रश्नहरू अहिलेको कथित नेपाल कम्युनिष्ट पार्टीकै मानिसहरूले नै गरिरहेका हुनसक्छन् । अझ आफुलाई पूर्व माओवादीकै नेता कार्यकर्ता भन्नेहरूले नै यस्ता किसीमका कुराहरू गरिरहेका हन्छन् । हुनत यस्ता प्रश्न पहिले नेपालका जनयुद्ध विरोधीहरूले गर्दथे । उनीहरू आज आफै पनि खुलेआमरूपमा लागीरहेका छन । जनयुद्ध केहिपनि होइन भनेर भनिरहेका छन् । एककिसिमको अफवाह फैलाइरहेका छन् ।
जनयुद्धमा बलिदानी गर्नेहरूप्रति अपमान गरिरहेका छन् । आजभोलि ति मानिसहरूले त्यतिवेलाका जनमूक्ति सेनाका सुप्रिमो प्रचण्डलाई खुलेआम सत्रहजारकको ह’त्यारा घोषणा गरिरहेका छन् । आफुलाई सत्रहजारको ह’त्यारा भनिरहेकै वेला प्रचण्डले थारुहरूको माघि पर्व भइरहेको स्थान राजधानिको मुटु टुँडिखेलबाट आफुलाई सत्रहाजार मारेको आरोप लागेको आफुले सत्र हजार नमारेको १२ हजार तत्कालिन सामन्तिहरूले मारेको आफु पाँचहजारको जिम्मा लिने घोषणा गरेर आफैलाई ह’त्यारा भन्ने हरूलाई समर्थन गरिसकेका छन् । हुनत वर्तमानमा प्रचण्डले हिजोका जनयुद्धका दमनकारीहरूसंग मिलेर आज जनताले चलाएको क्रान्तिकारी आन्दोलनमाथि दमन गरिरहेका छन् ।
त्यतिमात्रै होइन प्रचण्डले जतिवेला सूचना तथा संचारमन्त्री गोकुल वाँस्कोटाको घरमा कसैले आक्रमण गरेपछि नेपाल कम्युनिष्ट पार्टीलाई आतकं-कारी भनेर विज्ञप्ति नै जारी गरेका थिए । यसरी प्रचण्ड पनि आजआएर जनयुद्ध केहि होइन भन्नेहरूलाई सघाउन पुगेका छन् । जनयुद्धलाई बद्नाम गर्नेहरूले जनयुद्धलाई हिसां हो भनेका छन् । ती मानिसहरूले जनताको इतिहासलाई अपमान गर्नका लागि ‘महान जनयुद्ध’ देशमा बेरोजगार, काम नपाएर फ्रस्टेड भएका युवाहरूको जथ्था, र मानसिक रुपमा विक्षिप्त हरूले चलाएका हुन भनेका थिए । जनताका विरोधिहरूले अथवा यो देशमा परिवर्तन नचाहाने मानिसहरूले जनयुद्धलाई जनताले आफ्नो मुक्तको लागि नभएर लहडको भरमा÷सनकको भरमा गरेको ह’त्या हिसां थियो भनेर भनिरहेका थिए । भने अहिले तिनै मानिसहरू सत्तामा बसेर त्यही जनताका गौरवपुर्ण आन्दोलन, गौरवपुर्ण युद्धलाई सरापिरहेका छन । उनीहरू पचण्डकै काखमा बसेर खुलेआम प्रचण्डलाई ह’त्यारा घोषणा गरिरहेका छन् । तर त्यत्रो गौरवपूर्ण आन्दोलनको नेतृत्व गरेका प्रचण्ड भने उनीहरूको स्वरमा स्वर मिलाएर आफैलाई पाँचहजारको ह’त्यारा भएको साविति बयान नेपालका दालाल र जनयुद्धका दमनकारीहरूलाई दिईरहेका छन् । उनिहरूकै उक्साहटमा विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टीमाथि दमन गरिरहेका छन् । त्यो पार्टीमा लागेका नेता कार्यकर्ताहरूको ह’त्या गर्ने जस्तो अपराधिक काम पनि बादल नेतृत्वको गृहप्रशासनले गरिरहेको छ, जुन सरकारको नेतृत्व आज प्रचण्डकै पर्टीले गरिरहेको छ र प्रचण्ड उक्त पार्टीको प्रमुख नेताको भूमिकामा छन् । यो एक दुर्भाग्यको रूमा हामीले आफ्ना आँखै आगडी देखिरहेका छौँ ।
अहिले पनि उनीहरूसंगै मिलेर विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता र सर्मथकहरूलाई विनाकारण यातना दिने थुन्ने झुट्टा मुद्धा लगाउने काम अहिलेको सरकारमै बसेर हिजोका तिनै जनयुद्धका ह’त्यारा र दमनकारीहरूले गरिरहेका छन् । जुन नेपाली श्रमीक र सर्वहारा जनतामाथिको अपराध हो । फेरी आज तिनै अपराधीहरूले कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले शोषित, उत्पिडित, र नेपाली श्रमजिवी सर्वहारा जनताको पक्षमा चलाएको आन्दोलानलाई दमन गर्ने कुचेस्टा गरिरहेका छन् । उनीहरूले यस आन्दोलनमा लागेका नेताकार्यकर्ता सर्मथकहरूलाई थुनेर, जेलनेल हालेर, ह’त्या गरेर नसकिने देखेपछि यो आन्दोलनको बद्नाम गर्ने, सहिद परिवारलाई हेलाँ गर्ने आदि इत्यादी कामहरू गरिरहेका छन् । महान सहिदहरूको मानमर्दन गर्ने । आफ्नो मुक्तिका खातिर बलिदान गर्न होमिएकाहरूलाई घाईते, शहिदपरिवारहरूलाई प्रचण्डहरूले दिएको धोका सम्झाएर आन्दोलनमा लागेमा अब त्यस्तै हालत हुन्छ भनेर भयभित बनाउनसकिने दिवा सपना देखिरहेका थिए जसलाई आज पनि सहिदहरूले एकिकृत जनक्रान्तिमा आफ्नो बलिदान गरेर उनीहरूका दिवा सपनाहरूलाई हावाका हवाला गरिदिएका छन् । र यो आन्दोलनमा लागेका नेताकार्यकर्ताहरूले आफ्नो त्याग र तपस्याले जनताका यो आन्दोलनलाई फेरी पनि तुहाउन सकिन्छ की भनेर लागिरहेका दमनकारीहरूको सपनालाई सपनामै सिमित गरिदिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी र कमरेड विप्लव:
नेपाली जनताले चलाएको जनयुद्धका सारा उपलब्धीहरूलाई प्रचण्ड र बाबुराम भट्टराईहरूले सत्ताका लागि सौदाबाजी गरे । जनयुद्धमा लडेका अन्य नेताहरू पनि प्रचण्डकै पछाडि लागेर पद र प्रतिष्ठाकालागि बार्गेनिङ् गरेर प्रचण्ड र बाबुरामका पछि नै लागे जसका कारण आन्दोलन नै पाछाडि धकेलिन पुग्यो । मुख्य नेतृत्वले नै दलाल पूँजीपतिहरूसंग सम्झौता गरिसकेपछि आन्दोलनका दोस्रो तहका नेताहरूले पनि प्रचण्डका अगाडि घुडा टेकेर आत्मसर्मपण गरे जसका कारण आन्दोलनका उपलब्धीहरू सडकमा छरपस्ट हुन पुगे भने आन्दोलनमा कुर्वानी गर्नेहरू टुहुरो बच्चा जस्तै बने ।
क्रान्तिकारी जनताहरू, शोषित उपिडितहरू, श्रमजीवी मजदुरहरू अविभावक बिहिन बने । जनयुद्धलाई टुहुरो बनाउने काम त्यसका नेताहरू गरे । अवस्था कस्तो आयो भने युद्धका घाईते अपाङ्गहरूलाई यस्ता बनाइयो जस्तो बुबाको निधन हुदाँ आमाले अर्काे बिहे गर्दा आमासगैँ अर्काे बुबाको घरमा गएको सौतेलो छोराजस्तै व्यावहार गरियो । तर यस्तो दृष्य सबैले टुलुटुलु हेरिरहेका थिए । परन्तु त्यसमध्येका एक जना युवा नेता यस्ता थिए जसले आन्दोलनको त्यो दुदर्शा हेरिरहन सकेनन् । उनले त्यसको नेतृत्व गर्ने संकल्प गरे र त्यसको पहलकदमी लिए । उता प्रचण्डलाई त यस्तो पहलकदमी पच्ने कुरै थिएन र पचेन पनि । उनले र उनका केहि मानिसहरूले पद नपाएर विप्लवले पार्टी फुटाएको आरोप नै लगाए । आन्दोलनको नेतृतव गरेका विप्लवलाई ‘प्रचण्डले विप्लवले प्रचण्ड बन्न खोजेकाले एकैचोटी दुईवटा प्रचण्ड हुननसक्ने’ भनेर घोषणा नै गरे ।
पुर्नगठित हुनलागेको आन्दोलनलाई कयौँ आरोप प्रत्यारोप लगाए । त्यस्ता आरोप र प्रत्यारोपका बाबजुद पनि श्रमजीवी जनताको नेतृत्व गर्न पुगे कमरेड विप्लव । जसले महान जनयुद्धमा आफ्ना सबै खुशी युद्धमा सुम्पिए । तीनै विप्लवले फेरी आफ्ना सबै साथीहरुले सत्ता रोजिरहेका बेलामा फेरी श्रमजीवी जनताको अविभाबक आन्दोलनलाई बनाउने जोखिमको बाटो रोजे जुन आफैमा पनि चुनौतिपुर्ण कार्य हो । विप्लवले यस्तो जोखीमपूर्ण पहलकदमी लिएको हुनाले नै आजपनि जनताका दुस्मनहरू यो आन्दोलनलाई तुहाउन दिनरात लागिपरेका छन् । र यो आन्दोलनलाई बद्नाम बनाउन लागिरहेका छन् । त्यसैले यो आन्दोलनलाई पनि उनीहरुले असन्तुष्टहरुको भिड भनिरहेका छन् । यो आन्दोलनलाई सिद्धाउनका लागि अनेक बाहानाबाजी गरिरहेका छन् । उनीहरूले सुरूमा नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लवको बद्नाम गर्ने प्रयास नगरेका होइनन् । त्यसका लागि उनीहरूले न्वारानदेखिकै बल प्रयोग गरेका थिए तर सफल भएनन् । आज तिनीहरू जनताको आन्दोलन लाई रोक्न पर्णरूपमा असफल भएका छन् ।
केहि मानिसहरूले नेपाल कम्युनिस्ट पार्टी र यसपार्टीका नेताहरू (विशेषगरि पार्टीका महासचिव कमरेड विप्लव ) लाई पनि प्रचण्ड संग तुलना गरेर यो पार्टी पनि त्यस्तै भएको र भावि दिनहरूमा जनतालाई धोका दिने बिल्कुलै गतल र अवैज्ञानिक लान्छाना लगाइरहेका छन् । उनीहरूले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै गाली गरिरहेका छन् । तीनीहरूमध्ये धरैजसो माओवादी आन्दोलनमै लागेकाहरू रहेका छन जो यहि व्यवस्थामा बसेर लुटपाट मच्चउन चाहिरहेका छन् । ति मानिसहरू नेपालको कम्यनिस्ट आन्दोलनलाई नै समाप्त पार्न चाहन्छन् । यसरी लागेका मानिसहरू दालालहरूदारा परिचालित नै छन् भन्ने कुरा हाम्रा सामु छर्लङ्ग भएको छ ।
नेपालमा कम्युनिस्टको नाममा व्यापार गरिरहेका केही कम्युनिस्ट नामधारी दलालरू माओवादीको मुल नेतृत्व प्रचण्ड–बाबुरामहरूलाई आत्मसमर्पण गराईसकेपछि अब नेपालमा माओवादी र सिंगै कम्युनिस्ट आन्दोलनलाई बिफल बनाएको खुशियाली मनाउने दाउमा लागिरहेका थिए तर त्यो खुशि धेरैदिन रहन सकेन । उनीहरूको एकलौटी शासनसत्ता सञ्चालन गर्ने र नेपाली जनतालाई लुटपाट गर्ने हवाइकल्पलालाई विप्लवले लिएको नेतृत्व र नेपालको कम्युनिष्ट आन्दोलनमै चालेको एक असाधारण पहलकदमीले हावाका हवाला गरिदिएको छ । नेपाल कम्यनिष्ट पार्टी नेपाली कम्युनिष्ट इतिहासकै विशिष्ट र असामान्य क्षणमा निमार्ण भएको छ । अहिले कमरेड विप्लवको नेतृत्वमा भएको पार्टी र आन्दोलन प्रचण्ड बाबुरामहरूले महान जनयुद्धका उपलब्धीहरूलाई कथित एमालेनामका प्रतिगामीहरूलाई बुझाएर पद पैसासंग सौदाबाजी गरेर जनताको जनयुद्धका सहिद, वेपत्ता, घाईते, सहिद परिवार, सबैलाई लत्याएर भागीसकेपछि त्यसका विरूद्धमा जनताकै आह्वानमा लिएको पहलकदमी हो । यसकारण उनीहरूले यो आन्दोलन र पहलकदमीलाई सामान्य ढंगले लिएका छैनन् त्यसैले उनीहरू यसका विरूद्धमा षड्न्त्रका अनेकौँ तानाबाना बुनिरहेका छन् ।
यसको विषयमा म धरै बोल्दिन तर यति भन्छु, यो जनताको आन्दोलनलाई नेपालका शोषित, उत्पिडित जनताले आफ्नो अमूल्य जीवनको प्रवाह नगरी विजयको मञ्जिलमा पुर्याउने छन् । यसको पहलकदमी लिने शोषित उत्पिडीत जनता, उनीहरूको अग्रदस्ताको रूपमा भूमिका खेल्ने पार्टी र नेतृत्को नाम इतिहासमा स्वर्णीम अक्षरमा लेखिने छ ।
तिम्रो भूमिका :
जीवनको कलिलो समय अझ यो लाउखाउँ भन्ने समयमा तिमिहरूले आफ्नो प्यारो दाई गुमाउन पुगेका छौ । म भौतिक रूपमा यो धर्तिमा छैन । वास्तविकरूपमा भनु भने एक अविभावक विहिन हुन पुगेका छौ तिमिहरू । हो म नहुँदा तिमीहरूको खुशी खोसिन पुगेको छ यसका लागि यसर्वप्रथम म तिमी र भाईहरूसंग क्षमा माग्न चाहन्छु । कीनकी मैले तिमीहरूलाई सुन्दर सपनाहरू देखाएर नेपालको त्यो दुरदराज (जसलाई सुदुरपश्चिम भनेर भनिन्छ) जो आजपनि अत्यन्तै पछिडिएको छ त्यहाँबाट नेपालको राजधानी काठमाण्डाैं ल्याएर आएँ । यो राजधानी खाल्डोलाई तिमीहरूले पनि देखेका छौ । यहिँ बसिरहेका छौ । तर मैले यो खाल्डोलाई फरक ढंगबाट देखें । मैले यस्तो देखें–भोगेँ की याँहाभित्रका शासकहरूले अझैँपनि बाहिर देख्न नसक्नेरहेछन् ।
यो मैले संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा गरको हूँ । गाउँबाट सहर आएको मैले सहरमा झन धेरै विभेद देखें । हुदाँखाने र हुनेखानेहरू बिचको विभेद, गाउँमा जातिय र साहुमहाजनको अति देखेको मैल सरहमा देखिन मात्र म आफैले यसलाई भोगें पनि । गाँउमा सबैले पढ्ने एउटै सरकारी स्कुल देखेको मैले याहाँ सहरमा हुँदाखाने मानिस र हुँनेखाने मानिसहरूले पढ्ने स्कुल पनि फरक–फरक नै देखें । तिनीहरूले लगाउने लुगा पनि फरक–फरक देखेँ । मैले मानिस–मानिसहरू बिचको झनै चर्काे विभेद जसलाई वर्गीय विभेद पनि भनिन्छ, त्याे देखें । यहाँ मैले जनयुद्धका ती महान सहिदहरूका छोराछोरीहरूको पिडा देखेँ, जनयुद्धका नेता प्रचण्ड–बाबुरामहरूले आत्मसर्पण गरेको देखें, वेपत्ता योद्धाहरूको आवस्था देखेँ, घाईते तथा अंगभंग भएका योद्धाहरूका युद्धका काहाँनी सुनें । सहिदहरूले देखेका ती महान सपनालाई बेचेर खाने व्यापारी नेताहरूलाई पनि नजिकैबाट नियाल्ने अवसर मलाई प्राप्त भयो । यो सबै देखेर मलाई असह्य भयो मैले सहनै सकिन । त्यसैले मैले यो आन्दोलनमा होमिने निणर्य लिएँ । सहरमा हेल्थ असिस्टेन्ट (HA) अध्ययन गर्न आएको मैले अध्ययन गर्ने क्रममा यो देश नै बिरामी भएको निष्कर्ष निकाले । या.हाँ त सारा देशै बिरामी भएको थियो । कुनै रोगीलाई भन्दापनि देशको उपाचार गर्न अत्यवाश्यक भइसकेको थियो । त्यसैले बर्षौंदेखि थलापरेको यो देशको उपचारका लागि म अखिल क्रान्तिकारीमा सक्रिय भएर पूर्णरूपमा लागेँ ।
प्यारी बहिनी कलसा तिमीहरूका म प्रति धेरै अपेक्षा थिए । तर अब परिस्थितिले मैले आफ्ना अपेक्षाहरू सुनाउनुपर्ने भएको छ । जो तिमीहरूले पुरा गर्नुपर्ने समय आएको छ । मलाई आशा छ तिमीहरूले पुरा गर्ने छौ । तिमीले संगठन भित्र पनि सबै मानिसहरू एकै विचारका हुँदैनन् भन्ने कुरा बुझ्नुपदर्छ । क्रान्तिकारी भित्रपनि सबै क्रान्तिकारी हुँदैनन् भनेर पनि तिमी प्रष्ट हुँनुपर्दछ । समाजमा भएका सबै मानिसहरू राम्रा हुन्छन र तिनीहरूले सधै समाजको भलाईका लागि मात्रै सोचिरहेका हुन्छन् भनेर हामीले बुझ्नु हुदैन । हामीले पार्टी र आन्दोलनमा स्वार्थी मानिसहरू पनि हुन्छन भनेर बुझिराख्नु पर्छ । तिमीहरूले त्यस्ता मानिसहरू आफ्ना निश्चित स्वार्थ पुरा गर्नका लागि पार्टीमा लागेका हुन्छन र उनीहरू नै क्रान्तिकारी नेताहरूको नजिक रहने नेताहरूले नचाहे पनि तिनीहहरूको गुलामी गर्ने, गुलामी गरेर नै कहिलेकाहीँ ठुला क्रान्तिकारीजस्ता देखिने पनि हुनसक्छन भनेर जानिराख्नुपर्दछ ।
तर हामीले प्रतिक्रान्तिकारी देख्ने अझ भन्दा हाम्रा दुस्मनजस्ता लाग्ने नेताकार्यकर्ता र समर्थकहरू पार्टी र आन्दोलनको हितमा कामगर्ने र तिनिहरूले नै परिआएको बेलामा सबैभन्दा अगाडि बलिदान गर्नसक्ने हुनसक्छन् भनेर बुझ्नुपर्छ । माक्र्सले भनेजस्तै क्रान्तिको विकास शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै हुन्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्दछ किनकी यसको उदाहरण हाम्रै आखाँ अगाडी छर्लङ्ग छ । जस्तोकी प्रचण्डजस्तो नेपालमा महान जनयुद्धको नेतृत्व गर्ने नेता पनि क्रान्तिले जन्मायो भने त्यसका साथै क्रान्तिका दौरान उनी भित्रै प्रतिक्रान्ति पनि हुर्किदै गयो । त्यसकारण क्रान्तिकारी रूपान्तरण गर्न हामीहरू एकचोटी मात्रै क्रान्तिकारी भएर पुग्दैन निरन्तर क्रान्तिकारी भइरहन अत्यवाश्यक हुन्छ भन्नेकुरा बुझ्नुपर्छ र त्यो कुरा अरुलाई पनि सिकाउनु पर्दछ, अन्यथा न त क्रान्ति हुन सम्भव हुन्छ न त हामी क्रान्तिकारी नै रहनसक्नेछौँ ।
प्यारी बहिनी मलाई थाहा छ तिमीहरूले मलाई असाध्यै माया गछौँ, तिमीहरूले मलाई भुल्न सक्दैनौँ र साह्रै बिलौना गरिरहेका छौ । मलाई सम्झिदा तिमीहरूका आँखाबाट आँसु झरिरहन्छन् । यो चिठ्ठी पढिसकेपछि तिमिहरू रूनेछैनौ । तिमीहरूले बुझ्ने भएपछि मेरो बलिदानिको अर्थ थाहा पाउने छौ । अबदेखि आफ्ना आफन्तलाई गुमाउदा कति पिडा हन्छ भन्ने शिक्षा अरुलाई पनि दिनेछौ । शहिदहरूले शहिद भएर के पाए भनेर भन्नेहरूलाई पनि तिमीहरूले देश, जनता र नेपाली क्रान्तिको पक्षमा कामगरेर गतिलो जवाफ दिनेछौ । उनीहरूलाई मेरो बलिदानिको कथा सुनाउनेछौ । मेरो पिडामा छटपटीरहेका आमाबुबालाई पनि तिमीहरूले बलिदानिको गौरवलाई बुझाउने छौ ।
ति मेरा गाँउलेहरू जसले मेरो बलिदानलाई मेरो अन्त्यकोरूपमा बुझेका छन् तिनीहरूलाई दाजुको अन्य नभएर युगौँ युग जिवित रहने एक असाधारण गाथा बनिसकेको यथार्ततालाई बुझाउने छौ । तिमीहरूले पिडामा रहेका ती आफन्तलाई यो धर्तिमा मानव अमर रहन सक्दैन तर त्याग, तपस्या, र उनीहरूको बलिदानी मात्रै युगौँ युगसम्म अजर–अमर रहने वास्तविकतालाई पनि उजागर गर्नेछौ । मेरा प्यारा भाई बहिनीहरू, तिमीहरू अरूलाई कहिल्यै पनि हेप्ने छैनौ, तिमीहरू सान र सौगतका लागि जगिर गर्ने छैनौ । सदा क्रान्तिको पक्षमा हुनेछौ, तिमीहरू कसैको बहकाउमा बहकीने छैनौ, पार्टी र आफ्ना नेताहरूको दुःख, पिडा र नेतृत्वले गरेको तपस्यालाई मनन् गर्ने छौ ।
तिमीहरूले डाक्टर र इन्जिनियर बन्नका लागि तथाडमछाड गरिरहेका ती भाईबहिनीहरूलाई आफ्नो दाजु हेल्थ असिस्टेन्ट (HA) हुँदा पनि पद र पैसा लालच छोडेर, देश, जनता र नेपाली क्रान्तिका लागि बलिदानलाई रोजेको यो जिविति इतिहास सुनाएर उनीहरूलाई पद, प्रतिष्ठा र पैसा केहि पनि नभएर यो संसारमा मानवताकालागि सेवा गर्न सिकाउने शिक्षा नै महान शिक्षा भएको सत्यलाई सुनाउने छौँ । तिमीहरू उनीहरूलाई पद, प्रतिष्ठा र पै्रसा प्राप्त गरेर महंगो गाडी, महंगो महलमा बसेर मानिसरूको अगाडी शान झार्नका लागि डाक्टर इन्जिनियर बन्ने नभई देश, जनता र सम्पूर्ण मानवसमाजको सेवा गर्नका लागि डाक्टर इन्जिनियर बन्नुपर्नेशिक्षा नै समाजवादी शिक्षा भएको र यहि मेरो सन्देश भएको कुरा पनि सुनाउने छौ ।
कम्युनिष्ट आन्दोलनको नेता भएर पनि व्यक्तिगत नाफाका लागि निजी सम्पत्ति र घर घडेरी जम्मा गर्ने नेता र कार्यकर्ताहरूलाई देशको यो भुमिलाई व्यक्तिगत सम्पत्ति बनाएर मोजमस्ति गर्नका लागि अमरसिहं थापा, बलभद्र कुवँरहरूले नालापानीमा, नेपालमा भएका जनआन्दोलन, महान जनयुद्धमा बलिदानि दिएका थिएनन् भन्ने इतिहासलाई पनि स्मरण गराउने छौ । पक्कै पनि मेरा सत्य कथा सुनिसकेपछि कसैले पनि आफ्नो जीवनको लोभ गर्ने छैनन्, यो पढ्ने नेताकार्यकताहरूले पद, प्रतिष्ठा र पैसाका लागि यो आन्दोलनलाई प्रयोग गर्ने छैनन् । तिमीहरूलाई दाईहरूले मेरा अरू कुराहरूपनि सुनाउने छन् जो अरूलाई कथाजस्ता लाग्ने छन् ।
अत्यमा, कुरुक्षेत्रमा विर वृश्वसेनले भने जस्तै एउटा योद्धा कहिल्यै पनि मृत्युबाट भयभित हुँदैन न त उसले खुट्टा कमाउछ बरू उसले भन्छ “हे मृत्यु तिमी यदि आउँछौ भने प्रसन्न भएर आउ ! ढोका खुल्ला छ तिमीलाई स्वागत छ.. !”
उही तिमीहरूको प्यारो दाजु प्रज्वल शाही “विकाश”
केन्द्रिय सदस्य अखिल(क्रान्तिकारी) केन्द्रिय समिती तथा
CTEVT जिल्ला समिती अध्यक्ष
धन्यवाद ! क्रान्तिकारी लालसलाम !!
उषाकिरण आजाद (आजाद अखिल (क्रान्तिकारी) केन्द्रिय समितीका सदस्य हुन ।)
प्रतिक्रिया