• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल रोचक-विचित्र

    एक घण्टाभन्दा बढी स’म्भोगबिना बस्न सक्दिनन् यी अभिनेत्री

    23.7K
    SHARES

    आजकाल बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको देख्न सकिन्छ । आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और वो’ को रिमेकमा काम गरिरहेकी छिन् । यसबाहेक उनको ‘साँडकी आँख’ पनि यसै वर्ष रिलिजको लागि तयार छ । त्यसकारण उनी कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् ।

    तर उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाएको थियो । फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो । वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासामाथि खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलिङको शिकार हुनुपरेको थियो ।

    वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले सेक्सबारे प्रश्न सोधेकी थिइन् । सुरुमा नेहाले आयुष्मानलाई सेक्सबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी सेक्स बिना बस्न सक्ने जवाफ दिए । नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । तर आयुष्मान यतिमा मात्रै रोकिएनन् । त्यसपछि उनी भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाई टिप्स दिन थाले । उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ । ’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’ स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको लागि गरिरहेका थिए । आयुष्मान र भूमिलाई पछिल्लो पटक ‘शुभ मंगल सावधान’ मा सँगै देखिएको थियो ।

    फिल्मको त्यो बलात्कारको दृश्य जसको सुटिङ गर्दा रोएको थियो पूरा युनिट
    डाकुबाट सांसद बनेकी भारतकी राजनीतिज्ञ फूलन देवीको मृत्यु जुलाई २५ तारिख २००१ मा भएको थियो । उनको पुण्यतिथीका अवसरमा उनको जीवनको पानालाई पुनः पल्टाइयो । एउटा पीढि यस्तो पनि छ जसले फूलन देवीलाई उनीमाथि बनेको फिल्म ब्यान्डिड क्विनका कारण चिनिन्छ । फूलन देवीको जीवनको संघर्षलाई ब्यान्डिड क्विन फिल्ममा अभिनेत्री सीमा विश्वासले पर्दामा उतारेकी थिइन् ।

    कमैलाई थाहा होला कि यो फिल्मलाई पर्दामा उतार्नमा निर्देशक शेखर कपुर र पूरा युनिटले कस्तो चुनौतीको सामना गर्नुपरेको थियो । फिल्ममा बोल्ड सीन र गाली गलौजबाहेक फिल्मको त्यो बलात्कारको सीन निकै क्रुर थियो । तर फिल्मका निर्देशक शेखर कपुरले मानिसहरुको समवेदनाहीनतालाई देखाउनका लागि त्यो सीन निकै चर्चित भएको बताएका थिए । यो दृश्यका कारण यो फिल्म निकै विवादमा पनि रहेको थियो ।

    बलात्कारको उक्त दृश्य सीमाले गरेकी थिइनन् । यसका लागि सीमाको साटो उनको बडी डबल प्रयोेग गरिएको थियो । सिमाले भनिन्, ‘यसको सुटिङका बेला निर्देशक र क्यामराम्यानबाहेक कसैलाई पनि भित्र जाने अनुमती थिएन । तर यो सीनमा यति क्रुरता थियो कि यसको सुटिङ पछि पुरा युनिट रोएको उनले जानकारी दिइन् । सिमाका अनुसार यो फिल्मबारे उनको परिवारलाई राम्रोसँग थाहा थियो । फिल्म रिलिज भएको दुई वर्ष अघि सेन्सर नगरिएको फिल्म उनको घरमा देखाइएको थियो ।

    सिमाका पिताले यो फिल्म हेरेर फूलन देवीको भूमिका सिमाले मात्र गर्न सक्ने बताएका थिए । पिताले यस्तो भनेको सुनेर सिमाले आनन्दको सास फेरेकी थिइन् । स्मरण रहोस्, फूलन देवीको जन्म एक निम्न जाति परिवारमा उत्तर प्रदेशको एक सानो गाउँ गोरहा पूर्वामा भएको थियो । फूलनको विवाह एघार वर्षको उमेरमा भएको थियो तर उनको पति र पतिको परिवारले उसलाई त्यागेको थियो । धेरै किसिमका प्रताडना र कष्ट झेलेपछि फूलन डकैती पेशामा लागेकी थिइन् । विस्तारै विस्तारै फूलनले आफ्नो डाकूको एक गिरोह खडा गरिन् र आफू त्यसको नाइके बनिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ