• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    ज्योतिष विज्ञान धर्म संस्कार

    इतिहासकै दुर्लभ क्षण खण्डग्रास चन्द्रग्रहण, आज १२ बजेपछि फेरिदैछ यी ४ राशिको भाग्य

    173.7K
    SHARES



    काठमाडौँ । सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं । खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्धविश्वास जस्तो लाग्छ । तर, चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई नै असर पार्छ । यो असर पनि ग्रह अनुसार फरक हुन्छ । यसपाली खण्डग्रस चन्द्रगहण राति एक बजेर ४६ मिनेटबाट सुरु हुनेछ । तीन बजेर पन्ध्र मिनेटमा मध्य हुनेछ । यो अवस्था ४ बजेर ४५ मिनेटसम्म कायम रहनेछ । अर्थात कुल अवधी २ घण्टा ५९ मिनेटसम्म चन्द्रग्रहण लाग्नेछ ।

    के गर्ने, के नगर्ने ?
    चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । चन्द्रग्रहण लाग्ने रातको अघिल्लो दिन अपराह्न ४ बजेर ४६ मिनेटपछि भोजन गर्न निषेध छ । मन्दिर जाने, पूजापाठ गर्ने काम पनि रोक्नुपर्छ ।बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने अवस्था बाहेकका व्यक्तिले खानेकुरा सेवन गर्नु हुँदैन । चन्द्रग्रहणको बेला सुत्नु हुँदैन । के हुन्छ ? निद्रयां जायते व्याधि, मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर । अभ्यन्जने भवेत्कृष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत सर्प बधे च नरक व्रजेत । यो अवस्थामा सुतियो भने रोग व्याधी उत्पन्न हुन्छ । शौच गरियो भने दरिद्रता हुन्छ । यौन सम्पर्क गरियो भने गाउँको सुँगुर बराबर हुन्छ । भोजन गरियो भने अद्योगतिमा लागिन्छ । यी आदि कार्य गरियो भने नरकको बन्धनमा परिन्छ । कसलाई राम्रो ? यसले चार वटा राशीलाई राम्रो छ । कर्कट- सुख प्राप्ति, तुला- श्री प्राप्ति, कुम्भ- लाभ, मीन- सुखम् ।

    कसलाई हानी ?
    धनु र मकर राशीबीच ग्रहण लाग्ने भएकाले विशेष गरेर धनु र मकर राशीका व्यक्तिले भोजन नगर्ने । सयन नगर्ने । ‘ओम सोम सोमाय नमः ओम नमो भगवते बासुदेवाय’ मन्त्रोच्चरण गर्ने । ग्रहणपछि अर्थात भोलिपल्ट सेतो चिज दान दिनुपर्छ । २०७६ असार ३१ गते मंगलबारको राशिफल हेर्नुहोस्मे ष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा मनग्गे आम्दानि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले समस्याहरु समाधान गर्दै अगाडि बढ्न सकिनेछ । सरकारि क्षेत्रमा तपाईको राम्रो उपश्थिती रहनेछ भने समयमा काम बन्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा अग्रज सँगको भेटघाटले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रमम दुख हुन सक्छ ध्यान दिनुहोला । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ