• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

धर्म संस्कार

जनकपुरधाममा जानकी नवमी मनाइँदै

23.9K
SHARES



काठमाडौँ। जनकपुरधाममा आज जानकी नवमी एवं जानकी जन्मोत्सव धूमधामका साथ मनाइँदै छ ।

वैशाख शुक्ल नवमी अर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ ।

जानकी नवमीको अवसरमा बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरूमा पुजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।

यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैँ सिँगारिएको छ । सीताको जन्मोत्सवमा सहभागी हुन एवं पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुरधाममा पुगेका छन् ।

जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा विविध कार्यक्रमहरूको आयोजना गरिएको मन्दिरका सहयोगी महन्त राम रोशन दास वैष्णवले जनाएका छन् । उनका अनुसार शनिवार मध्यान्ह जानकी मन्दिरमा प्राकट्य महोत्सवको आयोजना गरिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ