• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कार्यकर्ताको हत्यापश्चात ओली सरकारबिरुद्ध विप्लवको पहिलो एक्शन, १३ गते नेपाल बन्द

    14.2K
    SHARES



    काठमाडौं । केपी ओली नेतृत्व सरकार यतिबेला प्रतिबन्धित नेकपामाथि चरम दमन बढाइरहेको छ । गिरफ्तारी र धरपकडलाई बढाएर सरकारले नेकपाका ४ सय बढी नेता कार्यकर्तालाई हिरासत र जेलमा राखेको छ ।

    प्रतिबन्धपश्चात नेकपाका नेता कार्यकर्ताहरुलाई समात्न प्रहरीले बिभिन्न ठाउँमा गोली नै चलाएको छ र आफ्नो एकोहोरो गोली प्रहारलाई प्रहरी ‘दोहोरो भीडन्त’ भनेर प्रचारवाजी गरिरहेको पनि देखिन्छ ।

    गत मंगलबार भोजपुरमा घटेको गोलीकाण्ड घटनाले पनि यसलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरु बताउछन् । गत मंगलबार जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ खोलाबाट गिरफ्तार गरेर हत्कडी लगाएपछि प्रहरीले तीर्थराज घिमिरेलाईमाथि गोली हानेको थियो। प्रहरीकै गोली प्रहारबाट उनको ज्यान गयो ।

    तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका घिमिरेको मंगलबार मध्यराति राति २ बजे धरानमा निधन भएको हो । केहि समयअघि मात्रै नेकपा प्रवेश गरेका २५ बर्षिय घिमिरे भोजपुर षडानन्द नगरपालिका २ कुदाकाउलेका स्थानीयवासी हुन् ।

    सोहि हत्याको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । उक्त संघर्षको कार्यक्रमलाई ओली सरकारबिरुद्धको एक्शनका रुपमा हेरिएकाे छ । महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गरेर जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

    सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका तीर्थराजलाई प्रहरीले गिरफ्तार गरेर हत्या गरेको भन्दै विप्लवले आपत्ति जनाएका छन् ।

    घटनापछि उनले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारक संज्ञा दिएका छन् का । साथै सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि बावी गरेका छन् ।

    सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र नभइ सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको उनले बताएका छन् ।

    विज्ञप्तिमा अभनिएको छ -‘ हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’

    हत्याको साहारा लिएर कुनै मुक्ति अभियान नरोकिएको समेत उनले प्रष्ट पारेका छन् । विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेका छन्।

    उनले केपी सरकारले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने पनि घोषणा गरेका छन् । सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको उनले बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ- ”हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ ।’

    साथै उनले अगाडि भनेका छन्- ‘केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।’

    उनले सरकारलाई जनघाती, राष्ट्रघाती र भ्रष्टचारीको संज्ञा दिँदै सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि चरणबद्धरुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालकालागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।’

    तिर्थराजको हत्याको विरुद्धमा नेकपाले संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । भण्डाफोर, कोणसभा, मसाल जुलुस र नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।  संघर्षका कार्यक्रम अन्तर्गत शनिबार नेकपाले देशभर कोणसभा गरेको छ ।

    त्यस्तै आज आइतबार देशभर मसाल जुलुस गर्ने नेकपाले जनाएको छ । हत्याको विरोधमा भोली १३ गते नेपाल बन्द आव्हान गर्दै नेकपाले सरकारको निरंकुशताबिरुद्ध घोषणा गरिएको उक्त कार्यक्रमलाई सहयोग गरिदिन सबै उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतलाई अपिलसमेत गरेको छ ।

    यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डीआर पौडेलले भोजपुर घटना भिडन्त नभएको बताएका छन् । पौडेलले नेकपाका जिल्ला नेता तिर्थराज घिमिरेलाई प्रहरीले नियोजित इन्काउन्टर गरेको बताएका छन् ।

    तिर्थराजको हत्याबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेता पौडेलले राज्यसत्ताले विद्रोहीलाई जिस्काएर हत्या र इन्काउन्टरको नीति लिए विद्रोह नजिकिने बताए । उनले जनयुद्धको अनुभवले त्यो कुरा गृहमन्त्री रामबहादुर थापालाई हुनुपर्ने समेत भनेका छन् ।

    “विद्रोहीलाई जिस्क्याएर राज्यसत्ताले हत्या र इन्काउन्टरको नीति लिन थाल्ने हो भने विद्रोह नजिकिन्छ भन्ने कुरा त बादल कामरेडलाई थाह हुनु नै पर्ने हो । (०५२ को अनुभव)” नेता पौडेलले लेखेका छन् ।

    जनयुद्धकालमा पनि दोहोरो भिडन्तको नाममा थुप्रैले शाहदत प्राप्त गर्थे भन्ने कुरा बुझेकै कुरा भएको भन्दै नेता पौडेलले त्यतिबेला आफूहरुले पूरानो सत्ताको करामत भन्ने गरेको र अहिले नयाँ सत्ताका सत्ताधिकारीले पनि त्यसै त गर्दै छैनौं ? प्रश्न समेत गरेका छन् ।

    “दोहोरो भिडन्तको नाममा हिजो जनयुद्धकालमा थुप्रैले कसरी शहादत पाउँथे भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । हामी हिजो त्यसलाई ‘पुरानो सत्ता’को करामत भन्थ्यौं । आज हामी नयाँ सत्ताका सत्ताधिकारी पनि त्यसै त गर्दै छैनौं ? आम रुपमा प्रश्न उठेको छ” पौडेलले लेखेका छन् ।

    तिर्थराजसँग भिडन्त भएको भनिएको धोद्रेमा आफूहरुले २०५१ देखि ०५६ को बीचमा घिमिरेबन्धुहरु कहाँ राति पुगेर दर्जनौं बैठक गरेको स्मरण गर्दै पौडेलले लेखेका छन्, “दोहोरो भिडन्तको पहिलो बरदात स्थल भनिएको धोद्रे हुँदै दिल्पा पाटन, साउने भएर कुदाककाउलेका घिमिरे बन्धुहरुकहाँ रात साँझ पुगेर ०५१–५६ को बीचमा पार्टीका दर्जनौं बैठक मैले पनि गरेको छु ।”

    दोहोरो भिडन्तमा खुट्टामा गोली लागेको भन्दै अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रयोजित छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ भन्दै पौडेलले यो नियोजित इन्काउन्टर भएको दाबी गरे ।

    “युद्धको घोषणा गरेको, विद्रोहीहरु क. प्रचण्डले भन्ने गरेझैं फेरि जंगल गएको र राज्यले ‘जंगल सर्च’ नै चलाएको भए बेग्लै नभए धोद्रेमा दोहोरो भिडन्त, खुट्टामा गोली, अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रायोजित हो ? सहजै अनुमान गर्न सकिन्छ, यो नियोजित ‘इन्काउन्टर’ हो” पौडेलले लेखेका छन् ।

    राज्यको गोलीबाट तिर्थराजको मृत्यु भएको भन्दै शहिद भन्न अन्कनाउनु नपर्ने भन्दै पौडेल लेख्छन्, “जे होस् राज्यको गोलीले मृत्यु भएका तिर्थ घिमिरेलाई शहीद भन्न अन्कनाउनु पर्दैन । शहीद तिर्थ घिमिरेप्रति श्रद्धान्जली ! शोकसन्तप्त घिमिरे परिवारप्रति हार्दिक समवेदना ।”

    यस्तो छ पौडेलका फेसबुक स्टाटसः

    ‘विद्रोहीलाई जिस्क्याएर राज्यसत्ताले हत्या र ईन्काउन्टरको नीति लिन थाल्ने हो भने विद्रोह नजिकिन्छ भन्ने कुरा त बादल कामरेडलाई थाह हुनु नै पर्ने हो । (०५२ को अनुभव)

    दोहोरो भिडन्तको नाममा हिजो जनयुद्धकालमा थुप्रैले कसरी शहादत पाउँथे भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । हामी हिजो त्यसलाई ‘पुरानो सत्ता’को करामत भन्थ्यौं । आज हामी नयाँ सत्ताका सत्ताधिकारी पनि त्यसै त गर्दै छैनौं ? आम रुपमा प्रश्न उठेको छ ।

    ‘दोहोरो भिडन्त’ को पहिलो बरदात स्थल भनिएको धोद्रे हुँदै दिल्पा पाटन, साउने भएर कुदाककाउलेका घिमिरे बन्धुहरुकहाँ रात साँझ पुगेर ०५१-५६ को बीचमा पार्टीका दर्जनौं बैठक मैले पनि गरेको छु ।

    युद्धको घोषणा गरेको, विद्रोहीहरु क. प्रचण्डले भन्ने गरेझैं फेरि जंगल गएको र राज्यले ‘जंगल सर्च’ नै चलाएको भए बेग्लै नभए धोद्रेमा दोहोरो भिडन्त, खुट्टामा गोली, अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रायोजित हो ? सहजै अनुमान गर्न सकिन्छ, यो नियोजित ‘इन्काउन्टर’ हो ।

    जे होस् राज्यको गोलीले मृत्यु भएका तिर्थ घिमिरेलाई शहीद भन्न अन्कनाउनुपर्दैन । शहीद तिर्थ घिमिरेप्रति श्रद्धान्जली ! शोकसन्तप्त घिमिरे परिवारप्रति हार्दिक समवेदना !!

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ