• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    चौतर्फी दवावपछि अन्ततः पत्रकार अधिकारीलाई केहि घण्टामै रिहा गर्न बाध्य भयो प्रहरी

    5.6K
    SHARES


    पोखरा । रिपोर्टिङका क्रममा प्रहरीले पोखराबाट बिना कारण गिरफ्तार गरेका पत्रकार राजेन्द्र अधिकारी अन्ततः केहि घण्टामै रिहा भएका छन् ।

    क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका केन्द्रीय सचिव र नेपाल पत्रकार महासंघ कास्की साखाका निवर्तमान उपाध्यक्ष समेत रहेका पत्रकार अधिकारीको गैरज्यायिक गिरफ्तारीबिरुद्ध चौतर्फीरुपमा चर्को बिरोध भएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको केहि घण्टामै रिहा गरेको छ ।

    पत्रकार अधिकारीलाई कास्की प्रहरीले सोमबार बिहानै पोखराको पिएन क्याम्पसनजिकैबाट रिपोर्टिशङमा रहेका बेला बिना कारण गिरफ्तार गरेको थियो । उनी अखिल क्रान्तिकारीले ओली सरकारबिरुद्ध आयोजना गरेको प्रदर्शन कार्यक्रमको रिपोर्टिङ गर्न त्यहाँ पुगेका थिए ।

    नेपाल पत्रकार महासंघ ५ नम्बरप्रदेश, नेपाल पत्रकार महासंघ कास्की र क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले उनको  गिरफ्तारीको बिरोध गरेका थिए । साथै तत्काल रिहा गर्न माग गरेका थिए ।

    नेपाल पत्रकार महासंघ ५ नम्बरप्रदेश, नेपाल पत्रकार महासंघ कास्की र क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालको पहलमा पत्रकार अधिकारी केहि घण्टामै रिहा भएका हुन् । अखिल क्रान्तिकारीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न लागेको भिडियो खिचेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

    यसैबीच पछिल्लो समय प्रहरीले पत्रकारहरुलाई बिना कारण दुख दिन थालेकोको भन्दै क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भुषालले सोमबार बिहान नै एक विज्ञप्ति जारी गर्दै  नेपालको संविधान २०७२ मा उल्लेखित प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने प्रावधान विपरित दिन प्रतिदिन विभिन्न बहानामा पत्रकारहरुलाई गिरफ्तार गर्नु र यातना दिनु गम्भीर बिडम्बना भएकाे बताएका छन्।

    ‘क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्वउपाध्यक्ष पत्रकार राजेन्द्र अधिकारीलाई समाचार संकलनको क्रममा पोखराबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा भनिएको छ – नेपालको संविधान २०७२ मा उल्लेखित प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने प्रावधान विपरित दिन प्रतिदिन विभिन्न बहानामा पत्रकारहरुलाई गिरफ्तार गर्नु र यातना दिनु गम्भीर बिडम्बना हो ।’

    अधिकारीको गिरफ्तारीले राज्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विषयमा उदासीन भएको तथ्यलाई पुष्टि गरेको सङ्गठनले जनाएको छ। ‘हाम्रो संगठन प्रेसमाथि हुने सवै खालका हस्तक्षेप घोर भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सही, सत्य र यथार्थ सुचना पाउने जनताको अधिकारलाई आफ्नो कलमको माध्यमबाट नागरिकको बीचमा पुर्याउँदा उल्टै अपराधीलाई जस्तै पत्रकारमाथि हत्कडी लगाउनु घोर आपत्तिजनक विषय हो ।’

    नेपाल पत्रकार महासंघ र प्रेस स्वतन्त्रताको पक्षमा कार्यरत विभिन्न संघ संस्था र आफ्नो सङ्गठनको विरोध पश्चात पत्रकार अधिकारीलाई रिहा गर्न सरकार बाध्य भएको भन्दै क्रान्तिकारी पत्रकार सङ्गठन , नेपालले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न राज्य पक्षलाई आग्रह गरेको छ ।

    ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल, नेपाल पत्रकार महासंघ र प्रेस स्वतन्त्रताको पक्षमा कार्यरत विभिन्न संघ संस्थाको विरोध पश्चात पत्रकार राजेन्द्र अधिकारीलाई रिहा गर्न बाध्य भएको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘यस घटनाले सरकार सकेसम्म प्रेसलाई दमन गर्न चाहन्छ भन्ने तथ्यलाई पुष्टि गर्दछ । हाम्रो संगठन नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न राज्य पक्षलाई आग्रह गर्दछ ।’

     



    प्रतिक्रिया