• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रतिनिधि सभा बैठक बुधबार बस्ने

    93
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएको छ। सङ्घीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको हो।

    सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन् ।

    यसअघि भदौ ११ गते अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक अब भदौ १७ गते बुधबार दिउँसो ‘१:०० बजे बस्ने गरी तय गरिएको छ। माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ