• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

    151
    SHARES



    सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् ।

    प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) बाट उम्मेदवार बनेका कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् ।

    सर्लाहीमा बुधबार आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद साह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितलाई सभापति थापाले पार्टी प्रवेश गराएको उनको सचिवालयले जनाएको छ ।

    वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २ का वडाध्यक्ष साह नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता लोसपा, वडा न ११ का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।

    त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । यसअघि सर्लाही-४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेस प्रवेश गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ