• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    सुदूरपश्चिमले पोखरालाई जितका लागि दियो १९४ रनकाे लक्ष्य

    557
    SHARES



    काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १९४ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।

    सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै विनोद भण्डारीले ४३ बल खेल्दै ४ चौकाको सहयोगमा ४३ रन बनाए ।

    क्रिस लिनले ३१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे । बलिङतर्फ पोखराका लागि जिम्मी निशमले दुई विकेट लिँदा आकाश चन्द र डान डाउथवेडले दुई–दुई विकेट लिए ।

    आजको खेलमा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । यता पोखरा पहिलो जितको खोजीमा हुनेछ ।

    पोखरा खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो । मंसिर १ गतेदेखि त्रिवि क्रिक्रेट मैदान कीर्तिपुरमा सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ