• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

    301
    SHARES



    काठमाडौं । पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ ।

    झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसाे १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

    सेमिफाइलनमा त्रिभुवन आर्मीलाई हराएर एपीएफ फाइनलमा पुगेको हो भने पुलिसले संकटालाई पराजित गरेको थियो । आठ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

    यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ