• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    हातबाट ब्याट खसेपछि दीपेन्द्र ऐरीको दुर्भाग्यपूर्ण रनआउट, नेपाल दबाबमा

    697
    SHARES



    काठमाडौं । लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ। उनी दुर्भाग्यपूर्ण रूपमा रनआउट भएका हुन्। नेपाललाई खेलमा फर्काउँदै दीपेन्द्रले आरिफ शेखसँग बलियो साझेदारी अघि बढाइरहेका थिए।

    ३३ औं ओभरको पाचौं बलमा आरिफ शेखले अफ साइडतर्फ प्रहार गरे र दुवै ब्याट्सम्यान एक रनका लागि दौडिए। दीपेन्द्रले सहजै रन पुरा गर्न सक्ने अवस्थामा थिए, तर क्रिजमा पुग्दा हातबाट ब्याट भूईंमा खस्दा रन पूरा हुन सकेन।

    आउटको प्रक्रिया यस्तो थियो: ब्याट खसेपछि दीपेन्द्रले शरीरको कुनै अंगले क्रिज छुनुपथ्र्यो, तर क्रिजमा जम्प गर्दा खुट्टा हावामा भएको अवस्थामा फिल्डरले स्टम्प उडाइदिए र अम्पायरले उनलाई आउट दिइदिए। क्रिकेटमा यस्ता दुर्लभ घटनाहरू कमै देखिन्छन्।

    दीपेन्द्रले यसअघि ४३ बलमा १ छक्का र ३ चौकासहित ३७ रन बनाएर राम्रो लयमा खेलिरहेका थिए। उनको आउट भएपछि नेपाल फेरि दबाबमा परेको छ। अहिले क्रिजमा कुशल मल्ल र आरिफ शेख खेलिरहेका छन्। समाचार तयार पार्दासम्म नेपालले ३७ ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको छ।

    विश्लेषकहरूका अनुसार, दीपेन्द्रको रनआउटले नेपाललाई संवेदनशील समयमा ठूलो धक्का दिएको छ र खेलको परिस्थितिमा महत्वपूर्ण मोड आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ