काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (वि.सं. कार्तिक १३, २०८२) का लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६४ रुपैयाँ ४० पैसा, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४२ रुपैयाँ ८० पैसा रहेको छ।
आलु रातो प्रतिकिलो ७८ रुपैयाँ ६० पैसा, आलु सेतो ६२ रुपैयाँ ५० पैसा, गाजर (लोकल) ११६ रुपैयाँ २५ पैसा, बन्दा (लोकल) ५८ रुपैयाँ, काउली स्थानीय ९४ रुपैयाँ, रातो मूला ५० रुपैयाँमा कारोबार भइरहेको छ।
साथै, तितो करेला ८७ रुपैयाँ ५० पैसा, लौका ६७ रुपैयाँ, परवर (लोकल) ८१ रुपैयाँ, परवर (तराई) ८० रुपैयाँ, चिचिण्डो ५६ रुपैयाँ २५ पैसा, घिरौला ६५ रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो लाम्चो ७५ रुपैयाँ, हरियो फर्सी डल्लो ६५ रुपैयाँ, सलगम १०५ रुपैयाँ, भिण्डी ९८ रुपैयाँ, सखरखण्ड ८६ रुपैयाँ २५ पैसा, बरेला ३५ रुपैयाँमा बिक्री भैरहेको छ।
फलफूलमा स्याउ (झोले) २२२ रुपैयाँ ५० पैसा, स्याउ (फुजी) २७६ रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती १३० रुपैयाँ, अनार ३३० रुपैयाँ, सुन्तला (नेपाली) ११० रुपैयाँ, सुन्तला (भारतीय) १२५ रुपैयाँ, तरबुजा ६५ रुपैयाँ, मौसम ९५ रुपैयाँ, जुनार २१० रुपैयाँ, भुई कटहर १५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, मेवा (नेपाली) ६५ रुपैयाँ, मेवा (भारतीय) ९५ रुपैयाँ, अम्बा १०५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ २५ पैसा, कीवि २५० रुपैयाँ, शरीफा १८० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, अमला ६६ रुपैयाँ २५ पैसा, अदुवा ७० रुपैयाँ, खुर्सानी सुकेको ३५८ रुपैयाँमा बिक्रि भइरहेको छ।
यस्तै खुर्सानी हरियो ९७ रुपैयाँ, लसुन हरियो २६७ रुपैयाँ ५० पैसा, हरियो धनिया ३२५ रुपैयाँ, लसुन सुकेको चाइनिज १९५ रुपैयाँ, लसुन सुकेको नेपाली १७२ रुपैयाँ ५० पैसा, छ्यापी सुकेको १९० रुपैयाँ, छ्यापी हरियो २१० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ, ताजा माछा (बचुवा) २७५ रुपैयाँ, ताजा माछा (छडी) २४० रुपैयाँ, रुख टमाटर १०० रुपैयाँ, राजा च्याउ २९० रुपैयाँ र सिताके च्याउ ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
कालीमाटी बजार विकास समितिले मूल्यको नियमित अद्यावधिक गर्ने जनाएको छ। समितिका अनुसार, मूल्य सार्वजनिक हुँदा कृषक, व्यापारी र उपभोक्ताले आवश्यक योजना बनाउन सजिलो हुने छ।
प्रतिक्रिया