काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजार समितिका अनुसार आजको मूल्यमा केही तरकारीको दर बढेको छ भने केहीमा स्थिरता देखिएको छ।
तरकारी समूह
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, भारतीय रु ७०, सानो (लोकल) रु ३२, र टनेलमा उत्पादित सानो गोलभेँडा रु ६० कायम गरिएको छ। आलु रातो रु ६६, भारतीय आलु रु ४०, सेतो आलु रु ६०, र प्याज (भारतीय) रु ३९ मा कारोबार भइरहेको छ।
गाजर (लोकल) रु १३०, तराई गाजर रु १००, बन्दा रु ६५, काउली रु ९०, रातो मूला रु ५०, सेतो मूला (लोकल) रु ४०, हाइब्रिड मूला रु ५०, भन्टा लाम्चो रु ३५, भन्टा डल्लो रु ६५, तने बोडी रु १२०, र मकै बोडी रु ६० तोकिएको छ।
दलहन र सागसब्जी समूह
मटर कोसा रु २००, घिउ सिमी (लोकल) रु ७०, हाइब्रिड रु ६५, राजमा घिउ सिमी रु १८०, टाटे घिउ सिमी रु ८०, भटमास कोसा रु ९०, तीतो करेला रु ६०, लौका रु ६०, परवर (लोकल/तराई) रु ८०, चिचिण्डो रु ६०, घिरौँला रु ६०, पाकेको फर्सी रु ६०, हरियो फर्सी लाम्चो रु ७०, डल्लो रु ६०, सलगम रु ९०, भिन्डी रु १२०, सखरखण्ड रु ८०, र बरेला रु ४० मा स्थिर रहेको छ।
पिँडालु रु ८०, स्कूस रु २०, रायो साग रु ७०, पालुङ्गो साग रु १३०, चमसुर रु १६०, तोरी साग रु ८०, मेथी साग रु २००, हरियो प्याज रु १००, च्याउ (कन्य) रु २५०, च्याउ (डल्ले) रु ४००, र कुरिलो रु ५५० निर्धारण गरिएको छ।
विशेष तरकारी र जडिबुटी
ब्रोकाउली रु १७०, चुकुन्दर रु १००, रातो बन्दा रु १२०, जिरी साग रु २००, सेलरी रु २४०, पार्सले रु ६००, सौफ साग रु २००, पुदिना रु ५००, गान्टेमुला रु ८०, इमली रु १८०, तामा रु १३०, तोफु रु १४०, र गुन्द्रुक रु ३०० कायम गरिएको छ।
फलफूल समूह
स्याउ (झोले) रु २३०, फुजी रु ३००, केरा (दर्जन) रु १३०, कागती रु १४०, अनार रु ३५०, सुन्तला (नेपाली) रु १२०, भारतीय रु १३०, तरबुजा रु ७०, मौसम रु १००, जुनार रु २२०, भुइँकटहर रु १५५, काँक्रो (लोकल) रु ११०, हाइब्रिड रु ४०, निबुवा रु ५०, नास्पाती (चाइनिज) रु २००, मेवा (नेपाली) रु ७०, भारतीय रु १००, अम्बा रु ११०, लप्सी रु ६०, किबी रु २६०, सरिफा रु २००, र आभोकाडो रु ३५० कायम गरिएको छ।
मसला र अन्य वस्तुहरू
अमला रु ७०, अदुवा रु ८०, सुकेको खुर्सानी रु ४००, हरियो खुर्सानी रु ७०, अकबरे खुर्सानी रु १२०, भेडे खुर्सानी रु १६०, हरियो लसुन रु २८०, हरियो धनियाँ रु २००, सुकेको लसुन (चाइनिज) रु २००, नेपाली रु १५०, छ्यापी सुकेको रु २००, हरियो रु २२०, माछा सुकेको रु १०००, ताजा माछा (रहु) रु ३४०, बचुवा रु २८०, छडी रु २५०, रूख टमाटर रु ११०, राजा च्याउ रु ३००, र सिताके च्याउ रु १००० निर्धारण गरिएको छ।
प्रतिक्रिया