काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराल वैकल्पिक उर्जा विकास समिति सदस्यमा नियुक्त भएका छन् ।
उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा सिइओ कोइराला नियुक्त भएका हुन् ।
उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा रहेर काम गर्नेछन । कोइराला वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत हुन् ।
कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिइएको छ। साढे २ दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव बटुलेका कोइराला सफल बैंकरको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया