• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कैलालीमा घर नजिकै मृत भेटिइन् सुत्केरी, १६ दिनको शिशु सकुशल

    1.5K
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । उनको १६ दिनको शिशु (छोरा) भने सामान्य अवस्थामै भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घर नजिकै तुलसी नाथ मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

    घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुलेको बताए ।

    उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको बताउँदै घटनास्थल सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ