बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो ।
बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएकाे डिएसपी रानाले बताए । उनीहरुमाथि घरेलु हतियार हेम्बर र चक्कु पनि प्रहार भएको छ ।
हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुजन मृतक दीपाका पूर्व पति समेत हुन् ।
यद्यपि घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया