• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

1.6K
SHARES



काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ मा स्कटल्याण्डले नेपालसामु जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २४ रन बनाएको हो ।

टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले । उनले ११४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतले १ सय २ रन जोडे । उनले माइकल लिस्कसँग मिलेर स्कटल्याण्डका लागि १२५ रनको कीर्तिमानी साझेदारी गरे ।

त्यस्तै, माइकल लिस्कले तीव्र गतिमा रन बनाउँदै ६२ बलमा ९६ रन जोडे । उनी शतक बनाउनबाट मात्र ४ रनले चुके । उनले १२ चौका र ३ छक्का प्रहार गरे । यसअघि ओपनर चार्ली टियरले पनि ६५ बलमा ६८ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए ।

उनले ९ चौका हिर्काए । फिन्ले म्याक्रिथले २३ बलमा १७ रनको योगदान दिए । अन्तिम ओभरमा करन केसीको लगातार ३ बलमा छक्का हिर्काएका मार्क वाटले ९ बलमा २१ रन जोडे ।

नेपालका लागि करन केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । ललित राजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने १० ओभरमा ६९ खर्चेर कुनै विकेट लिन सकेनन् ।

जारी शृङ्खलामा नेपालको यो तेस्रो खेल हो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि नेपाल विजयी बनेको थियो । नेपालले नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको जित हात पारेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ