• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जमिनमुनिबाट एकाएक पानी निस्किएपछि सुर्खेत विमानस्थल ठप्प

    2.1K
    SHARES



    सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ । जसका कारण मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको छ ।

    विमानस्थल प्रमुख हिराजन काफ्लेका अनुसार धावनमार्गको उत्तरतर्फ एकाएक खाल्डो परेपछि त्यसलाई पुर्ने काम भइरहेको थियो। तर सोही दिन नजिकैको जमिनबाट पानी निस्किन थालेपछि हवाई सेवा बन्द गरिएको हो।

    काफ्लेले भने, “पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ। शनिबारसम्म सबै काम सक्ने गरी काम भइरहेको छ। त्यसपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुनेछ।”

    हाल देखिएको समस्याको वास्तविक कारण पत्ता लगाउन भौगर्भिक अनुसन्धान आवश्यक भएको बताइएको छ। “माथितिर डाँडाकाँडा र वरपर खोला छन्। जमिनको सतहमुनि पानी रहेछ, खोतल्दा त्यो देखियो,” काफ्लेले भने। विमानस्थलको यस समस्याले यात्रुहरूलाई वैकल्पिक रूपमा नेपालगन्ज पुगेर यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ।

    लामो समयदेखि रोकिएको धावनमार्ग विस्तार

    भासिएको क्षेत्रमा धावनमार्ग विस्तार गर्ने योजना पहिले नै तय भएको भए पनि विभिन्न कारणले रोकिएको थियो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विस्तार कार्य अघि बढाउन लागिएको थियो। तर स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेता र सर्वसाधारणबाट अपेक्षित सहयोग नपुगेपछि योजना थाति राखिएको थियो।

    बजेट अभाव र मुआब्जाको चुनौती

    केन्द्र र प्रदेश सरकारबाट करोडौं रकम विनियोजन भए पनि काम अघि बढाउन नसकिएको हो। अहिले भने मुख्यमन्त्री यामलाल कँडेलसहित स्थानीय तह र राजनीतिक दलहरू धावनमार्ग विस्तारमा सहमत देखिएका छन्। तर मुआब्जा वितरण र ठूलो बजेटको आवश्यकताले स्रोत सुनिश्चितताको समस्या खडा भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ