• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तरुण दलमा खुकुरी प्रहार घटना: ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता

    1K
    SHARES



    पोखरा । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको घटनामा संलग्न विरुद्ध जाहेरी दर्ता भएको छ ।

    ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको भन्दै ४ जना विरुद्ध जाहेरी परेको थियो । प्रहरीले यसबारे आनाकानी गर्दै आएकामा हाल आएर जाहेरी दर्ता गरेको हो । घटनामा संलग्नहरू उपर जाहेरी परेको र दर्ता भैसकेको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।

    पीडितका तर्फबाट परेको जाहेरीका आधारमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ ।

    घटनामा खुकुरी प्रहारबाट ४ जना घाइते भएका थिए । घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका हुन् । घाइतेमध्ये खुसीजंग र सुदीपलाई थप उपचारका लागि चितवन रिफर गरिएको थियो ।

    अधिवेशनमा प्रतिनिधि छनोटबाटै एउटा पक्षलाई रोक्ने प्रयास गरिएको भन्दै संस्थापन इतर पक्षले कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि संस्थापन पक्षले खुकुरी प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

    लमजुङमा प्रदेशका दुईजना मन्त्रीबीच टकराव छ । जिल्ला सभापति तथा आर्थिक मामिला मन्त्री टकराज गुरुङ र निवर्तमान सभापति तथा वन मन्त्री भेषबहादुर पौडेलले लामो समयदेखि गुटको रूपमा पार्टीलाई विभाजन गरेका छन् । घटनापछि अधिवेसन १० गतेसम्मका लागि स्थगित गरिएको छ ।

    तरुण दलको तल्लो समितिमा निर्वाचन हुँदादेखि नै विवाद चुलिँदै आएको थियो । क्होंलासोंथरको अधिवेशनमा माइन्युट च्यात्नेदेखि महोत्सवमा एक पक्षले अर्को पक्षलाई कुट्नेसम्मका गतिविधि भएको लमजुङ काँग्रेसका एक नेताले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ