काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमममा दोहोरिएको वा छुटेको नीति र कार्यक्रमबारे सांसदले उठाइएको प्रश्नको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सरकार असीमित उत्तराधिकारी अन्तर्गत संस्था भएकोले अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए ।
हटाइएका आयोजना पनि नराम्रा कार्यक्रम सुधार गर्दै जाने प्रक्रिया अनुसार भएको भन्दै ओलीले ‘यो कार्यक्रम कहाँ छुट्यो ?’ भन्नेले यही अनुसार बुझ्न आग्रह गरे ।
प्रतिक्रिया