काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् । केही दिनअघि संघीय संसदका दुवै सदनबाट सो विधेयक पारित भएको थियो ।
प्रतिक्रिया